Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मकवानपुर नमूना प्रगतिको कारोबार २६ करोड

Makwanpur-1575713544.jpg

२१ मंसिर, हेटौँडा । हेटौँडा-२ मा रहेको मकवानपुर नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २६ करोड रुपैंया कारोबार गरेको छ । संस्थाले आव ०७५/०७५ मा २६ करोड ५ लाख ७९ हजार रुपैँया कारोबार गरेको शनिबार सम्पन्न संस्थाको १९ औं बार्षिक साधारण सभा जानकारी दिईएको हो ।
साधारणसभामा संस्थाका मिठाराम दाहालले संस्थागत प्रतिवेदन, सचिव रामजी सापकोटाले ऋण उपसमिति प्रतिवेदन, कोषाध्यक्ष केशवप्रसाद देवकोटाको तर्फबाट व्यवस्थापक बद्री भण्डारीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक तेजप्रसाद रुपाखेतिले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा सहकारी अभियन्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट आवधिक, उत्कृष्ट बचतकर्ता, बालबचतकर्ता, उत्कृष्ट कारोबारी, उत्कृष्ट व्यवसायी र ज्येष्ठ शेयर सदस्य लगायत २६ जनालाई सम्मान गरिएको थियो । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष मिठाराम दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा, जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्साल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष मिना चौरेल, गैसस महासंघ मकवानपुर अध्यक्ष कृष्ण धिताल, कृषि विकास बैंक हेटौँडाका प्रमुख नुरप्रसाद गौतम, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, युवा बचत तथा ऋण सहकारीका अध्यक्ष राजु गौतम, संगम सहकारीका अध्यक्ष अर्जुन चापागाई, शेयर सदस्य जगन्नाथ रिमाल र गोविन्द दाहालले मन्तव्य व्यक्त गरेका थिए ।
संगम मर्ज, समिति अनुमोदन
भेलाले हेटौँडा–१७ मा रहेको संगम बचत तथा ऋण सहकारी संस्था विधिवत रुपमा एकिकरण गरेको छ । उक्त संस्थामा १ सय शेयर सदस्य रहेका थिए । यस्तै, साधारण सभाले यसअघि मिठाराम दाहालको अध्यक्षतामा चयन भएको १३ सदस्यीय संचालक समिति र तेजप्रसाद रुपाखेतिको संयोजकत्वमा चयन भएको ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिलाई अनुमोदन गरेको व्यवस्थापक बद्री भण्डारीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार