Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मकवानपुर नमूना प्रगतिको कारोबार २६ करोड

Makwanpur-1575713544.jpg

२१ मंसिर, हेटौँडा । हेटौँडा-२ मा रहेको मकवानपुर नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २६ करोड रुपैंया कारोबार गरेको छ । संस्थाले आव ०७५/०७५ मा २६ करोड ५ लाख ७९ हजार रुपैँया कारोबार गरेको शनिबार सम्पन्न संस्थाको १९ औं बार्षिक साधारण सभा जानकारी दिईएको हो ।
साधारणसभामा संस्थाका मिठाराम दाहालले संस्थागत प्रतिवेदन, सचिव रामजी सापकोटाले ऋण उपसमिति प्रतिवेदन, कोषाध्यक्ष केशवप्रसाद देवकोटाको तर्फबाट व्यवस्थापक बद्री भण्डारीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक तेजप्रसाद रुपाखेतिले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा सहकारी अभियन्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट आवधिक, उत्कृष्ट बचतकर्ता, बालबचतकर्ता, उत्कृष्ट कारोबारी, उत्कृष्ट व्यवसायी र ज्येष्ठ शेयर सदस्य लगायत २६ जनालाई सम्मान गरिएको थियो । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष मिठाराम दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा, जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्साल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष मिना चौरेल, गैसस महासंघ मकवानपुर अध्यक्ष कृष्ण धिताल, कृषि विकास बैंक हेटौँडाका प्रमुख नुरप्रसाद गौतम, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, युवा बचत तथा ऋण सहकारीका अध्यक्ष राजु गौतम, संगम सहकारीका अध्यक्ष अर्जुन चापागाई, शेयर सदस्य जगन्नाथ रिमाल र गोविन्द दाहालले मन्तव्य व्यक्त गरेका थिए ।
संगम मर्ज, समिति अनुमोदन
भेलाले हेटौँडा–१७ मा रहेको संगम बचत तथा ऋण सहकारी संस्था विधिवत रुपमा एकिकरण गरेको छ । उक्त संस्थामा १ सय शेयर सदस्य रहेका थिए । यस्तै, साधारण सभाले यसअघि मिठाराम दाहालको अध्यक्षतामा चयन भएको १३ सदस्यीय संचालक समिति र तेजप्रसाद रुपाखेतिको संयोजकत्वमा चयन भएको ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिलाई अनुमोदन गरेको व्यवस्थापक बद्री भण्डारीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार