२ फागुन, हेटौँडा । सरकारले ०६९ देखि बाली बिमा गर्ने कानुनी व्यवस्था गरे पनि मकवानपुरमा भने चालु आवदेखि मात्र सुरुवात भएको छ । विविध कारणले बाली क्षति भई कृषकले नोक्सानी भोग्न नपरोस् र कृषि कर्ममा लाग्न हतोत्साही नहुन भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । कृषि कार्यालयका बाली विकास अधिकृत रचना देवका अनुसार जिल्लामा तोरी बालीको बिमाबाट बाली बिमा सुरु भएको कान्तिपुर दैनिकमा मकवानपुर संवाददाता प्रताप विष्टले समाचार लेखेका छन् ।
हटियाका डिल्लीप्रसाद पराजुलीले १५ कठ्ठा जमिनमा लगाएको तोरी बालीको बिमा गरेका छन् । बाली बिमाबारे कृषकहरूलाई जानकारी नभएकाले पनि विगतका वर्षमा बिमा हुन सकेको थिएन । बिमा गर्न कृषक र कृषि प्राविधिक दुवैले बिमा फाराम भर्नुपर्छ । प्राविधिकले बालीको मूल्यांकनसहितको फाराम भर्नुपर्ने कृषि विकास कार्यालयका प्रमुख निर्मल गदालले बताए । मूल्यांकनको आधारमा बाली बिमा गर्ने व्यवस्था छ । बाली लगाएको एक सातादेखि १५ दिनभित्र बिमा गर्नुपर्ने व्यवस्था छ ।
बिमा गरेको बाली प्राकृतिक प्रकोप तथा रोगका कारणले नष्ट भएमा बिमा कम्पनीले लागतको ९० प्रतिशत रकम कृषकलाई उपलब्ध गराउनुपर्ने प्रावधान छ । इन्स्योरेन्स कम्पनीले बिमा लागतको आधारमा भुक्तानी दिने गर्छ । लागतको ५ प्रतिशत बिमा शुल्क इन्स्योरेन्स कम्पनीलाई बुझाउनुपर्छ । बिमा कम्पनीलाई बुझाउनुपर्ने ५ प्रतिशतमध्ये ७५ प्रतिशत रकम सरकारले कृषकलाई अनुदान स्वरूप उपलब्ध गराउने व्यवस्था छ । कृषकले जम्मा प्रिमियमको २५ प्रतिशत मात्र रकम कम्पनीलाई बुझाउनुपर्छ । बिमा गर्नका लागि कम्तिमा पनि एक कठ्ठा क्षेत्रफलमा खेती गरिएको हुनुपर्ने व्यवस्था रहेको छ ।
बाली बिमाबारे कृषकलाई जानकारी नभएको मनहरी गाविसका कृषक सुरेश न्यौपानेले भने, ‘बालीको बिमा गर्ने व्यवस्था छ भन्ने कुरा गाउँका कृषकलाई थाहा नै छैन ।’ गाउँ/गाउँमा रहेको कृषि सेवा उपकेन्द्रका प्राविधिकले बाली बिमा गर्न कृषकलाई उत्प्रेरित नगरेको गुनासो ग्रामीण भेगका अगुवा कृषकहरूको रहेको छ । कृषकहरूले जोखिम मोलेर बाली लगाइरहेका छन् । ‘बिमा गर्ने व्यवस्था जानकारी भएको भए उनीहरूले यस्तो जोखिम मोल्नुपर्ने थिएन,’ थाहा नपाएका कृषक रामहरि कार्कीले भने ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

















