Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मानव बेचविखन बिरुद्धको अभियानमा एकजुट हुन जोड

Manab-Bechbikhan-Program-1487080731.JPG

३ फागुन, हेटौंडा । मानव बेचविखन बिरुद्धको अभियानमा सबै सरोकारवालाले प्रभावकारी समन्वय र सहकार्य गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिईएको छ ।

मंगलबार हेटौँडामा आयोजित मानव बेचविखन बिरुद्धको सवालमा प्रभावकारी सेवा सम्बन्धी समन्वयात्मक कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रम अमेरिकी सहयोग नियोग (यूएसएआईडी) र द एसिया फाउण्डेशनको सहयोगमा शक्ति समूहले आयोजना गरेको हो । कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्था, अधिबक्ता, प्रहरी कार्यालय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा उच्च अदालत बार एशोसिएसनका अध्यक्ष पुष्करबहादुर थापा क्षेत्री र जिल्ला बार एशोसिएसनका अज्मिर केशीले कानुनी सहयोग गर्न आफुहरु तयार रहेको बताए । हेटौँडा उपमहानगरपालिकाका सामाजिक बिकास महाशाखा प्रबन्धक भिमप्रसाद तिमल्सिनाले श्रोत पर्याप्त भएकाले सरोकारवालाले प्रभाबकारी रुपमा समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका पुष्कर भट्टराईले सीप सिकेर आयआर्जनमा सहभागी हुन चाहनेलाई सहयोग जारी रहेको बताए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति नारायण भण्डारी, महिला तथा बालबालिका कार्यालयकी दुर्गा घिमिरे, गैरसरकारी संस्था महासंघ मकवानपुरकी कुमारी वाईबा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा शक्ति समूह क्षेत्रीय कार्यालय हेटौँडाकी परियोजना संयोजक अस्मिता तामाङ्गले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा शक्ति समूह केन्द्रिय कार्यालय काठमाडौँकी परियोजना संयोजक सरला तामाङ्गले स्वागत तथा कार्यक्रमको उद्धेश्यबारे बताएकी थिईन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

थप समाचार