२९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बचत गर्ने बानीको विकाससँगै ऋण लिएर उत्पादनमुलक कार्य गर्न सुझाव दिएका छन् ।
शनिबार दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औं बार्षिक साधारणसभाको प्रमुख अतिथि रहेका उनले सहकारीबाट लिएको ऋण सही काममा प्रयोग गर्न सुझाव दिएका हुन् ।बैंकहरु पुग्न नसकेको ग्रामीण क्षेत्रहरुमा सहकारीले सर्वसाधरणको आयस्तर बृद्धिमा सहयोग गरिरहेको उल्लेख गर्दै नेता बानियँले सर्वसाधारणको सुखदुःखको साथीको रुपमा रहेको सहकारीले उत्पादनमुलक कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनले छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै सहकारीले समाजको विकासमा समेत टेवा पु¥याइरहेको बताए । दिव्यतारा सहकारीले सदस्यहरुको विश्वास जित्दै अघि बढेको भन्दै उनले उत्पादनमुलक कार्यमा लगानी गर्न सुझाव दिए ।
सहकारीकी अध्यक्ष महालक्ष्मि उपाध्याय डिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका रामेश्वर अर्याल, मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, सर्वोत्तम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामबहादुर बस्नेत, सहकारीका सदस्य एवम् रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, सहकारी अन्तर्गतको उद्यमशील महिला समूहको तर्फबाट लक्ष्मी श्रेष्ठ, लेखा समिति संयोजक प्रकाश खतिवडा, सदस्य सेवा कार्यालय सानान्टार प्रमुख राजु घलेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाको अवसरमा शेयर सदस्यका छोराछोरी मध्ये एसईईमा उत्कृष्ट अंक ल्याएर पास भएका ७ जनालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा दिविसा सापकोटा, विशेष दुलाल, प्रवेश गुरागाइँ, दिव्या गैरे, विनम्र अधिकारी, सोनिका रिजाल र निश्चल कोइराला रहेका छन् ।
यस्तै सहरकारीले ज्येष्ठ नागरिकतर्फ बसामाडी ३ का टंकबहादुर पण्डितलाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट बचतकर्ताको रुपमा हेटौंडा–१ का सन्दिप निर्मल, हेटौंडा–१० का अमृतकुमार लामा र कविर श्रेष्ठलाई सम्मान गरिएको थियो भने उत्कृष्ट ऋणीतर्फ हेटौंडा–८ का राजेशबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







