५ पुस, हेटौंडा । मकवानपुरगढी–४ मा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष कृष्ण बिडारीले संस्थागत प्रतिवेदन, उपाध्यक्ष एवम ऋण उपसमितिका संयोजक ईन्द्रप्रसाद चौलागाईले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष माधवप्रसाद चौलागाईले लेखापरीक्षण प्रतिवेदन र लेखासमितिका संयोजक शिवराम फुयाँलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा उत्कृष्ठ बालबचतमा समृद्धि पुडासैनी, धेरै निक्षेप जम्मा गर्नेमा डोलप्रसाद चौलागाई, असली ऋणीमा हरिचन्द्र सापकोटा, उद्यमशिल ऋणीमा शंकर गुरुङ, ज्येष्ठ शेयर सदस्यमा मानबहादुर लोप्चन, उत्कृष्ठ विद्यार्थीमा प्रस्तुती चौलागाई, अभिलाषा धिताल र उत्कृष्ठ कर्मचारीमा व्यवस्थापक बिमला न्यौपानेलाई सम्मानित गरिएको थियो । यसैगरी एकैदिन एकाघरकोे सदस्यता बन्ने र पूर्व संचालक समितिका पदाधिकारीहरुलाई समेत सम्मानित गरिएको थियो ।
प्रदेश नम्बर ३ की प्रदेश सभा सांसद जुनेली श्रेष्ठको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष कृष्ण बिडारीको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा मकवानपुरगढी–४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सदस्य हिमाल पौडेल, हिमाल महिला बहुउद्धेश्यीय सहकारीकी अध्यक्ष जानुका दाहाल, रुद्र बाटिका स्मृति पार्ककी अध्यक्ष मानकुमारी पाख्रिन, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद दाहाल, संस्थाका सल्लाहकार खिलप्रसाद चौलागाई, सञ्चारकर्मी भीमसेन पौडेल, एमपी शर्मा, मनोज देवकोटा, संस्थाका सचिव शान्तप्रसाद दाहाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाको शेयर पूँजी २४ लाख ४७ हजार, निक्षेप १ करोड ९६ लाख र ऋण लगानी २ करोड १७ लाख रहेको व्यवस्थापक विमला न्यौपानेले बताईन् । संस्थामा महिला ३ सय ३३ र पुरुष ३२७ गरी कुल ६ सय ६० जना शेयर सदस्यहरु रहेका छन् ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















