Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सिर्जनशिल सहकारीको साधारणसभा सम्पन्न

Srijansil-1576932154.jpg

५ पुस, हेटौंडा । मकवानपुरगढी–४ मा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 
साधारणसभामा संस्थाका अध्यक्ष कृष्ण बिडारीले संस्थागत प्रतिवेदन, उपाध्यक्ष एवम ऋण उपसमितिका संयोजक ईन्द्रप्रसाद चौलागाईले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष माधवप्रसाद चौलागाईले लेखापरीक्षण प्रतिवेदन र लेखासमितिका संयोजक शिवराम फुयाँलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 
साधारणसभामा उत्कृष्ठ बालबचतमा समृद्धि पुडासैनी, धेरै निक्षेप जम्मा गर्नेमा डोलप्रसाद चौलागाई, असली ऋणीमा हरिचन्द्र सापकोटा, उद्यमशिल ऋणीमा शंकर गुरुङ, ज्येष्ठ शेयर सदस्यमा मानबहादुर लोप्चन, उत्कृष्ठ विद्यार्थीमा प्रस्तुती चौलागाई, अभिलाषा धिताल र उत्कृष्ठ कर्मचारीमा व्यवस्थापक बिमला न्यौपानेलाई सम्मानित गरिएको थियो । यसैगरी एकैदिन एकाघरकोे सदस्यता बन्ने र पूर्व संचालक समितिका पदाधिकारीहरुलाई समेत सम्मानित गरिएको थियो ।
प्रदेश नम्बर ३ की प्रदेश सभा सांसद जुनेली श्रेष्ठको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष कृष्ण बिडारीको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा मकवानपुरगढी–४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सदस्य हिमाल पौडेल, हिमाल महिला बहुउद्धेश्यीय सहकारीकी अध्यक्ष जानुका दाहाल, रुद्र बाटिका स्मृति पार्ककी अध्यक्ष मानकुमारी पाख्रिन, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद दाहाल, संस्थाका सल्लाहकार खिलप्रसाद चौलागाई, सञ्चारकर्मी भीमसेन पौडेल, एमपी शर्मा, मनोज देवकोटा, संस्थाका सचिव शान्तप्रसाद दाहाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
संस्थाको शेयर पूँजी २४ लाख ४७ हजार, निक्षेप १ करोड ९६ लाख र ऋण लगानी २ करोड १७ लाख रहेको व्यवस्थापक विमला न्यौपानेले बताईन् । संस्थामा महिला ३ सय ३३ र पुरुष ३२७ गरी कुल ६ सय ६० जना शेयर सदस्यहरु रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार