Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मकवानपुर उद्योग बाणिज्य संघका सदस्यलाई चुरेहिलमा छुट

Agreement-MCCI-1577457553.jpg

११ पुस, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ र चुरेहिल अस्पताल प्रालिबिच छुट सुविधा प्रदान गर्ने सहमति भएको छ ।
हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालले उपचार गर्दा लाग्ने शुल्कहरुमा विभिन्न छुट प्रदान गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको हो । सम्झौता अनुसार, अस्पतालले संघका सबै सदस्यहरुलाई ओपिडी बाहेकको उपचार सेवामा छुट प्रदान गर्ने छ । जसमा ल्याबारेटरी शुल्कहरुमा १५ प्रतिशत, औषधी शुल्कमा ७ प्रतिशत र अन्य सेवा शुल्कहरुमा १५ प्रतिशत छुट दिने भएको संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले जानकारी दिए ।
सेवा लिन आउने सदस्यहरुले संघका नविकृत सदस्य भएको कार्ड बोकेर जानु पर्ने सम्झौता–पत्रमा उल्लेख गरिएको छ । त्यस्तै संघका नविकृत सदस्यहरुको एकाघरमा आश्रित परिवारलाई पनि यो सुविधा प्रदान गरिनेछ । त्यसका लागि नाता प्रमाणित हुने कागजात अनिवार्य पेश गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ । नेपाल सरकारको बीमा कार्यक्रममा सहभागी भएका सदस्यहरुको हकमा भने यो सुविधा लागु नहुने उल्लेख छ । सम्झौता पत्र तीन वर्षमा नविकरण हुनेछ । 
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट र अस्पतालका अध्यक्ष गोकर्ण पराजुली, प्रशासन प्रमुख विवेक मानन्धर, व्यवस्थापक सुरेन्द्र बडु लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार