११ पुस, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ र चुरेहिल अस्पताल प्रालिबिच छुट सुविधा प्रदान गर्ने सहमति भएको छ ।
हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालले उपचार गर्दा लाग्ने शुल्कहरुमा विभिन्न छुट प्रदान गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको हो । सम्झौता अनुसार, अस्पतालले संघका सबै सदस्यहरुलाई ओपिडी बाहेकको उपचार सेवामा छुट प्रदान गर्ने छ । जसमा ल्याबारेटरी शुल्कहरुमा १५ प्रतिशत, औषधी शुल्कमा ७ प्रतिशत र अन्य सेवा शुल्कहरुमा १५ प्रतिशत छुट दिने भएको संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले जानकारी दिए ।
सेवा लिन आउने सदस्यहरुले संघका नविकृत सदस्य भएको कार्ड बोकेर जानु पर्ने सम्झौता–पत्रमा उल्लेख गरिएको छ । त्यस्तै संघका नविकृत सदस्यहरुको एकाघरमा आश्रित परिवारलाई पनि यो सुविधा प्रदान गरिनेछ । त्यसका लागि नाता प्रमाणित हुने कागजात अनिवार्य पेश गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ । नेपाल सरकारको बीमा कार्यक्रममा सहभागी भएका सदस्यहरुको हकमा भने यो सुविधा लागु नहुने उल्लेख छ । सम्झौता पत्र तीन वर्षमा नविकरण हुनेछ ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट र अस्पतालका अध्यक्ष गोकर्ण पराजुली, प्रशासन प्रमुख विवेक मानन्धर, व्यवस्थापक सुरेन्द्र बडु लगायतको उपस्थिति रहेको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







