Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

खेलकुद समितिद्वारा बार्षिक गतिविधि सार्वजनिक

Sports-Press-Meet-1469364747.jpg

९ साउन, हेटौँडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरले आइतबार आफ्नो बार्षिक गतिविधि सार्वजनिक गरेको छ । आव ०७२/०७३ भरी समितिले गरेको गतिविधिबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष माधव तिमल्सिनाले समितिको समन्वयमा २१ वटा खेल गतिविधि भएको जानकारी दिए । उनका अनुसार राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता, हेटौँडा नगरकप, सम्मान, सामुदायिक विद्यालयहरुलाई खेलकुद सामग्री अनुदान, सुमन भोम्जन स्मृति आमन्त्रण गोल्डकप, बुद्धिचाल प्रतियोगिता, तङ इल मोदो प्रतियोगिता, लन टेनिस प्रतियोगिता भएका छन् । त्यसैगरी, सेभेन ए साईट फुटबल, ५ वटा जिल्लास्तरीय फुटबल प्रतियोगिता, ३ वटा निर्वाचन क्षेत्रीय फुटबल प्रतियोगिता, ५ वटा नगर वडा/गाविसस्तरीय फुटवल प्रतियोगिता, २१ वटा क्लव, गाविस वडा स्तरीय फुटवल प्रतियोगिता, रािष्ट्रय भलिवल, ७ जिल्लास्तरीय भलिवल, १० क्लव तथा वडास्तरीय भलिवल प्रतियोगिता, ४ वटा खुल्ला दौड प्रतियोगिता भएको छ ।

अन्तरजिल्ला तथा राष्ट्रिय प्रतियोगतामा सहभागिता, अन्तर संघसंस्था फुटवल, खेलकुद सामग्री वितरण र राष्ट्रपति रनिङशिल्डमा सहभागी सामुदायिक विद्यालयलाई खेल सामग्री अनुदान गरेको तिमल्सिनाले बताए । यसका लागि २७ लाख १३ हजार ५३ रुपैँया खर्चिएको छ । समितिले स्थानीय निकाय र संघसंस्थाबाट २६ लाख ३४ हजार रुपैँया आम्दानी भएको जनाएको छ । समितिले १६ वटा खेलमैदान समेत निर्माणका लागि सहयोग गरेको कार्यालय सचिव खुसराज दाहालले बताए । कार्यक्रममा समितिका उपाध्यक्ष दिपेन्द्र ढकाल, कोषाध्यक्ष भेष खड्गी, सदस्यहरु आरति पाठक, धरम लामा, सुनिल लोप्चन लगायतको सहभागता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

कांग्रेस बकैयाको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240517_21013-1715959206.jpg

४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

थप समाचार