२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको हो ।
चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै अलआउट भयो । यो जितसँगै चार खेलबाट पाँच अंक जोडेको चितवन अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पोखराले भने लगातार चौथो हार बेहोरेको छ । चार खेलबाट अंक जोड्न नसकेको पोखरा तालिकाको पुछारमा छ ।
पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए । उनले ४४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । युवराज सम्राले १९ तथा किरण ठगुन्ना र अर्जुन घर्तीले समान १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पोखराले सुरुवातदेखि नै दबाब झेल्नुपरेको थियो । ओपनर कुशल भुर्तेल पहिलो ओभरको तेस्रो बलमै चार रन बनाएर आउट भए । त्यसपछि युवराज सम्रा र अर्जुन कुमालले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । सम्रा १४ बलमा १९ रन बनाएर आउट भएपछि पोखराको ब्याटिङ क्रम सम्हालिन सकेन ।
अर्जुन कुमालले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरे पनि उनलाई अर्को छेउबाट पर्याप्त साथ मिलेन । सदिरा समराविक्रमा चार र महेदी हसन सात रनमा आउट भए । कप्तान चमिका करुणारत्ने पनि दुई रनमै पभेलियन फर्किए ।
बलिङमा चितवनका रिजन ढकालले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा २४ रन खर्चेर चार विकेट लिए । कमलसिंह ऐरीले दुई ओभरमा एक मेडन राख्दै सात रन दिएर तीन विकेट हात पारे । डान मोस्ले, मौसम ढकाल र कुशल मल्लले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
चितवनका कप्तान सिकन्दर राजाले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ३७ रन बनाए । उनले १६ बलमा दुई चौका र चार छक्का प्रहार गरे । रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मालानले २८ रनको योगदान दिए ।
ओपनर अर्जुन साउद र डाविड मालानले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै चितवनलाई राम्रो सुरुवात दिलाएका थिए । अर्जुनले २७ बलमा दुई चौका र एक छक्का प्रहार गरे भने मालानले २८ बलमा तीन चौका प्रहार गरे ।
त्यसपछि ब्याटिङमा आएका रवि बोपाराले एक छेउ सम्हाल्दै इनिङ्स अघि बढाए । डान मोस्ले दुई र यस सिजन पहिलो खेल खेलिरहेका मार्की खेलाडी कुशल मल्ल ११ रनमा आउट भए । ८६ रनमा चार विकेट गुमाएको अवस्थामा बोपारा र कप्तान राजाले पाँचौँ विकेटका लागि ६० रनको साझेदारी गरे ।
बोपाराले २८ बलमा तीन चौका र एक छक्कासहित ३५ रन बनाए । तर, अन्तिम ओभरमा पोखराका कप्तान चमिका करुणारत्नेले बोपारा र राजालाई आउट गर्दै चितवनको रन गति रोक्ने प्रयास गरे ।
पोखराका लागि चमिका करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान दुई विकेट लिए । लगातार तीन खेलमा पराजित भएपछि पोखराले यस खेलअघि कप्तानी परिवर्तन गरेको थियो । कुशल भुर्तेलको स्थानमा श्रीलंकाली खेलाडी चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । तर, कप्तान परिवर्तन गर्दा पनि पोखराले हारको शृंखला तोड्न सकेन ।
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...













-1792888897.jpg)




