Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौँडामा एमालेको सभा शुरु हुँदै, सुरक्षा कडा (हेर्नुस् तस्विरहरु)

Htd-1489125999.jpg

२७ फागुन, हेटौँडा । तीन दिनका लागि स्थगित गरेको नेकपा एमालेले शुक्रबार हेटौँडाबाट मेचिमहाकाली अभियान शुरु गर्दैछ । दिउसो २ बजे हेटौँडाको भुटनदेवी स्कूल चौरमा हुने अभियानको सभाका लागि सुरक्षा कडा पारिएको छ ।

कार्यक्रमस्थल वरीपरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । कार्यक्रमस्थल प्रवेशद्वारमा नेपाल प्रहरीले जाँच गर्दै कार्यकर्तालाई प्रवेश गराईरहेको छ । सप्तरीमा भएको झडप पछि हेटौँडाबाट पुनः शुरु हुन लागेको अभियानलाई सुरक्षाका दृष्टिकोणले संवेदनशिल मानिएको छ । कार्यक्रममा सहभागी हुन गाउँ/गाउँमा एमाले कार्यकर्ताहरु समूह बनाएर तयारी गरिरहेका छन् । विभिन्न भागबाट मोटरसाइकल र्यालीसहित कार्यकर्ता आउने तयारी भईरहेको छ । दिउसो हुने सभालाई एमाले अध्यक्ष केपि शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले सम्बोधन गर्ने छन् ।

सप्तरी घटनापछि हुन लागेको सभामा नेताहरुले के बोल्छन् भन्नेमा धेरैको ध्यान केन्द्रित रहेको छ । सभामा करिव २० हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । सभामा बढि भन्दा बढि उपस्थितिका लागि केही दिन अघिदेखि नै एमालेले सबै क्षेत्रमा घरदैलो गरी प्रचारप्रसार गरेको थियो ।

Htd1-1489126000.jpg
Htd2-1489126000.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-prachanda1709531057-1718206121.jpg

३० जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा...

मकवानपुरका सिडिओद्वारा प्रहरी कार्यालयको निरीक्षण
Screenshot_20240612_16580-1718190826.jpg

३० जेठ, हेटौंडा । भर्खरै सरूवा भएर आएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तिर्थराज चिलुवालले जिल्ला...

गर्मी बढेपछि हेटौंडाको विद्यालयमा दुई दिन बिदा
IMG_20240504_094323-1718189085.jpg

२९ जेठ, हेटौंडा। हेटौंडामा अत्यधिक गर्मी बढेपछी सरकारी तथा निजी बिद्यालय दुई दिनका लागि बिदा दिइएको छ । पढ्न आएका...

सुनचाँदीको मूल्य बढ्यो
Gold-1718181276.jpg

३० जेठ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार...

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभामा
Screenshot_20240612_14084-1718180670.jpg

३० जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको...

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध
Screenshot_20240612_14022-1718180259.jpg

३० जेठ, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भएका छन् । निर्वाचन...

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल यमनसँग बराबरीमा रोकियो
pexels-pixabay-46798-1718160100.jpg

३० जेठ, हेटौंडा । नेपाल फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा यमनसँग २–२ को बराबरीमा रोकिएको छ । मंगलबार राति...

उपराष्ट्रपति यादवले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने
Ram-sahay-1718158729.jpg

३० जेठ, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने भएका छन् । राष्ट्रपति...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1718158014.jpg

३० जेठ, हेटौंडा । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने बैठकमा विनियोजन...

थप समाचार