Email :- prastakhabar@gmail.com
राजनीति

छिमेकीको सम्बन्ध व्यवहारमा देखाउन भारतलाई ओलीको सुझाव

kp1-1489147817.jpg

२७ फागुन, हेटौडा । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले असल छिमेकीको सम्बन्ध व्यवहारमा देखाउन भारतलाई सुझाव दिएका छन् । एमालेले संचालन गरेको मेचिमहाकाली राष्ट्रिय अभियानका क्रममा शुक्रबार हेटौँडामा आयोजित सभामा बोल्दै एमाले अध्यक्ष ओलीले भारतले बोलीमा मात्रै असल छिमेकीको सम्बन्ध देखाएको भन्दै यसलाई व्यवहारमा देखाउन सुझाव दिए । कञ्चनपुर घटनाको उदाहरण दिंदै नेता ओलीले भारतीय पक्षले अहंकार छोड्नुपर्नेमा जोड दिए ।
उनले राष्ट्रियताको पक्षमा एमालेले थालेको अभियानलाई विथोल्न मधेशी मोर्चाले अवरोध गर्न खोज्दा अप्रिय घटना घटेको बताए । तराईका नाममा निर्दोष जनतालाई प्रहरीसँग भिडन्त गराएर लाशको राजनीति गर्न मधेशी मोर्चाले त्यस्तो गतिविधि गरेको उनको भनाई थियो ।
भुटनदेवी उच्च माविको चौरमा भएको कार्यक्रममा उपाध्यक्ष बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, महासचिव इश्वर पोखरेल, सचिवहरु प्रदीप ज्ञवाली, भीम आर्चाय लगायतको सहभागिता रहेको थियो । सप्तरी घटनापछि तीन दिन स्थगित गरेको अभियान हेटौँडाबाट पुनः शुरु गरेको एमालेले जनाएको छ ।

kp2-1489147818.jpg

समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

बाढीले बगाउँदा एक जनाको मृत्यु
death-5a68471f0a7ce5.2584-1685979786.jpg

२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...

तीन जनामा कोरोना संक्रमण पुष्टि
corona-1685965027.jpg

२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६७२ वटा नमुना परीक्षण गर्दा...

प्रधानमन्त्री ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाइयो
Screenshot_20230605_15305-1685958376.jpg

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाइएको छ...

हेटौंडा-१५ मा प्रसारण लाइनको तार फेर्ने कार्यमा स्थानीयको अवरोध, प्रहरी परिचालन
National-Grid-LineVision-1685951167.jpg

२२ जेठ, हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले  कमाने स्वस्टेसन मार्फत १३२ केभि प्रसारण...

भण्डारी र न्यौपानेसहित ४६ ईन्स्पेक्टर डिएसपी बढुवामा सिफारिस
Screenshot_20230605_12501-1685948801.jpg

२२ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक...

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर
0x0-(1)-1685944700.jpg

२२ जेठ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: पौडेल
Screenshot_20230605_10434-1685941146.jpg

२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व...

क्रिकेटर लामिछाने आज दक्षिण अफ्रिका जाँदै
1662628498_sandeep-lamich-1685933627.jpg

२२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज  दक्षिणअफ्रिका जाँदैछन् ।...

थप समाचार