Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

राजदेवी दुग्ध सहकारीको भेला तथा रजत महोत्सव सम्पन्न

Rajdevi-1580916537.jpg

२२ माघ, हेटौंडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा एवम रजत महोत्सव सम्पन्न भएको छ । 
साधारणसभामा संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिनाले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक रमेशकुमार पराजुलीलले लेखा समितिको प्रतिवेदन, ऋण उपसमितिकी संयोजक टिका कार्कीले ऋण उपसमितिको प्रतिवेदन र व्यवस्थापक घनश्याम दाहालले आव ०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन र चालु आव ०७६/०७७ को लागि करीव ५ करोडको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । 
भेलामा संस्थापक संचालक सदस्य लक्ष्मणप्रसाद लुईटेल, बलबहादुर थापा, बढी दूध विक्री गर्ने तुलसीराम धमला, किरण चौरेल, सावित्री संजेल, गुणस्तरीय दूध विक्री गर्ने अर्जुनप्रसाद चौरेल, गोविन्द चौलागाई, सन्तकुमारी अधिकारीलाई पुरस्कृत गरिएो थियो । यसैगरी असली कारोवारीमा रामकुमारी कार्की र रुद्रप्रसाद न्यौपानेलाई पनि पुरस्कृत गरिएको थियो ।  
कार्यक्रममा रजत महोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी व्यक्तिहरुलाई समेत पुरस्कृत गरिएको थियो । 
साधारणसभा हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा भएको थियो । 
साधारणसभामा हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राई, वडा सदस्य भीमप्रसाद अधिकारी, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, व्यवस्थापक कुमारमणी दहाल, किसान दुग्ध उत्पादक सहकारीका अध्यक्ष उद्धव सत्याल, चेतनशिल दुग्ध उत्पादक सहकारीका संचालक सदस्य बलराम पौडेल, संस्थाका सल्लाहकार कृष्ण प्रसाद नेपाल, उपाध्यक्ष प्रतिमा चौलागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
साधारणसभामा संस्थाद्वारा प्रकाशित राजदेवी स्मारिकाको नगर प्रमुख महतले विमोचन गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार