Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

राजदेवी दुग्ध सहकारीको भेला तथा रजत महोत्सव सम्पन्न

Rajdevi-1580916537.jpg

२२ माघ, हेटौंडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा एवम रजत महोत्सव सम्पन्न भएको छ । 
साधारणसभामा संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिनाले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक रमेशकुमार पराजुलीलले लेखा समितिको प्रतिवेदन, ऋण उपसमितिकी संयोजक टिका कार्कीले ऋण उपसमितिको प्रतिवेदन र व्यवस्थापक घनश्याम दाहालले आव ०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन र चालु आव ०७६/०७७ को लागि करीव ५ करोडको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । 
भेलामा संस्थापक संचालक सदस्य लक्ष्मणप्रसाद लुईटेल, बलबहादुर थापा, बढी दूध विक्री गर्ने तुलसीराम धमला, किरण चौरेल, सावित्री संजेल, गुणस्तरीय दूध विक्री गर्ने अर्जुनप्रसाद चौरेल, गोविन्द चौलागाई, सन्तकुमारी अधिकारीलाई पुरस्कृत गरिएो थियो । यसैगरी असली कारोवारीमा रामकुमारी कार्की र रुद्रप्रसाद न्यौपानेलाई पनि पुरस्कृत गरिएको थियो ।  
कार्यक्रममा रजत महोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी व्यक्तिहरुलाई समेत पुरस्कृत गरिएको थियो । 
साधारणसभा हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा भएको थियो । 
साधारणसभामा हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राई, वडा सदस्य भीमप्रसाद अधिकारी, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, व्यवस्थापक कुमारमणी दहाल, किसान दुग्ध उत्पादक सहकारीका अध्यक्ष उद्धव सत्याल, चेतनशिल दुग्ध उत्पादक सहकारीका संचालक सदस्य बलराम पौडेल, संस्थाका सल्लाहकार कृष्ण प्रसाद नेपाल, उपाध्यक्ष प्रतिमा चौलागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
साधारणसभामा संस्थाद्वारा प्रकाशित राजदेवी स्मारिकाको नगर प्रमुख महतले विमोचन गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार