Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नौलो विहानीको अध्यक्षमा सापकोटा चयन

Bharat-1581169801.jpg

२५ माघ, हेटौडा । हेटौडा–६, चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको अध्यक्षमा भरत सापकोटा चयन भएका छन् । यस अघि सापकोटा संस्थाको उपाध्यक्ष थिए । 
संस्थाको शनिवार सम्पन्न भएको नवौं वार्षिक साधारणसभाले सापकोटाको अध्क्षतामा ७ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा डोरबहादुर अधिकारी, सचिवमा किशोर न्यौपाने, कोषाध्यक्षमा देवेन्द्र श्रेष्ठ र सदस्यहरुमा सरस्वती पुडासैनी, पार्वती खनाल र धनेन्द्र विष्ट चयन भएका हुन ।  लेखा सुपरिवेक्षण समितिको संयोजकमा गोपालचन्द्र भट्टराई, सदस्यहरुमा यशोदा भट्टराई र राजिव खनाल चयन भएका छन् ।
साधारणसभामा अध्यक्ष राजेन्द्रप्रसाद चौलागाईले संस्थागत प्रतिवेदन, उपाध्यक्ष भरत सापकोटाले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक गोपालचन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा संस्थाको गतिविधिको बारेमा प्रचारप्रसार गराई संस्थाको बारेमा प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सञ्चारकर्मी भीमसेन पौडेल र रुपेश दुलाललाई सम्मान गरिएको थियो । यसैगरी असली ऋणीमा भवानी न्यौपाने र मंगली मग्रान्ती, असली बचतकर्तामा रविना चौलागाई, रामकुमारी देवकोटा र शिव बहादुर राईलाई सम्मान गरिएको थियो । 
हेटौंडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद चौलागाईको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, मक्रान्चुली सहकारी संस्थाका अध्यक्ष रामहरि न्यौपाने, जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष गौरबकुमार पराजुली, संस्थाका सचिव विष्णुप्रसाद ढुङगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो पनि पढ्नुस्
प्रष्टखबर सम्पादक दुलाल र संवाददाता पौडेल सम्मानित


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार