Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नौलो विहानीको अध्यक्षमा सापकोटा चयन

Bharat-1581169801.jpg

२५ माघ, हेटौडा । हेटौडा–६, चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको अध्यक्षमा भरत सापकोटा चयन भएका छन् । यस अघि सापकोटा संस्थाको उपाध्यक्ष थिए । 
संस्थाको शनिवार सम्पन्न भएको नवौं वार्षिक साधारणसभाले सापकोटाको अध्क्षतामा ७ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा डोरबहादुर अधिकारी, सचिवमा किशोर न्यौपाने, कोषाध्यक्षमा देवेन्द्र श्रेष्ठ र सदस्यहरुमा सरस्वती पुडासैनी, पार्वती खनाल र धनेन्द्र विष्ट चयन भएका हुन ।  लेखा सुपरिवेक्षण समितिको संयोजकमा गोपालचन्द्र भट्टराई, सदस्यहरुमा यशोदा भट्टराई र राजिव खनाल चयन भएका छन् ।
साधारणसभामा अध्यक्ष राजेन्द्रप्रसाद चौलागाईले संस्थागत प्रतिवेदन, उपाध्यक्ष भरत सापकोटाले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक गोपालचन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा संस्थाको गतिविधिको बारेमा प्रचारप्रसार गराई संस्थाको बारेमा प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सञ्चारकर्मी भीमसेन पौडेल र रुपेश दुलाललाई सम्मान गरिएको थियो । यसैगरी असली ऋणीमा भवानी न्यौपाने र मंगली मग्रान्ती, असली बचतकर्तामा रविना चौलागाई, रामकुमारी देवकोटा र शिव बहादुर राईलाई सम्मान गरिएको थियो । 
हेटौंडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद चौलागाईको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, मक्रान्चुली सहकारी संस्थाका अध्यक्ष रामहरि न्यौपाने, जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष गौरबकुमार पराजुली, संस्थाका सचिव विष्णुप्रसाद ढुङगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो पनि पढ्नुस्
प्रष्टखबर सम्पादक दुलाल र संवाददाता पौडेल सम्मानित


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार