३ फागुन, हेटौंडा । गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई सरकारले अन्तिम मौका दिन लागेको बताएका छन् ।
मकवानपुरको फापरवारीमा शनिबारदेखि शुरु भएको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री थापाले काम नगर्ने ठेकेदारका कारण धेरै विकास निर्माण काम अवरुद्ध भएको भन्दै सरकारले अन्तिम पटक मौका दिन लागेको बताएका हुन् । उनले अन्तिम मौका दिंदा समेत काम नगर्ने ठेकेदारलाई सरकारले कारवाही गर्ने उनको चेतावनी थियो ।
खेलकुदलाई विकास र समृद्धिसंग जोडेर लैजानुपर्नेमा जोड दिंदै उनले यो काम बागमती गाउँपालिकाले गरेको भन्दै प्रशंसा गरे । उनले नेपाली खेलकुदको क्षेत्रमा मकवानपुरको योगदान ठूलो रहेको भन्दै उनले यसलाई निरन्तरताका लागि समेत आग्रह गरे । स्वस्थ नागरिकबाटै मात्रै देश समृद्धि हुने भन्दै उनले यसमा खेलकुदको योगदान रहेको बताए । खेलकुदको विकास भएको देशमा नागरिक स्वस्थ हुने भएकाले नेपालले पनि खेलकुदमा लगानी गर्नुपर्ने उनको भनाई थियो । उनले इलाका प्रशासन कार्यालय नहुँदा त्यस क्षेत्रमा समस्या परेको गुनासो आएको भन्दै यसका लागि छिटो भन्दा छिठो पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
खेलकुद संयोजक अरुण लामा बलको सभाध्यक्षतामा भएको कार्यक्रममा गृहमन्त्रीका प्रमुख सल्लाहकार सूर्य सुवेदी, प्रदेशसभा सदस्य कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, नेकपा केन्द्रीय सदस्य राजाराम वाग्ले, २ नम्बर प्रदेश सदस्य डिल्लीप्रसाद उप्रेती, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमाया स्यांतान, बागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहाल, मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौर, सशस्त्र प्रहरी १४ नम्बर गण हेटौंडाका प्रहरी उपरीक्षक विकास घिमिरे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामा लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा राष्ट्रियस्तरका १० टिमको सहभागिता रहेको छ ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



