Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

बाग्मति गाउँपालिका

बागमतिको गोल्मेराजाको दरबार नेता बानियाँद्वारा उदघाटन

IMG-0322f933c7398a8e8e53b-1703600963.jpg

१० पुस, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ फुलबारीमा बनेको गोल्मेराजा दरबारमा र दरबार परिसरमा बनेको किराँतेश्वर महादेव मन्दिरको समुदघाटन गरिएको छ । 
गोल्मेराजा दरबारमा र दरबार परिसरमा बनेको किराँतेश्वर महादेव मन्दिरको मंगलबार एक समारोहका बिच नेपाली कांग्रेस बागमती प्रदेश सभापति एव प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले समुदघाटन गरेका हुन् । गोल्मेराजा दरबार संरक्षण एवं पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष जयबहादुर राईको सभाध्यक्षताको समुदघाटन कार्यक्रमलाई  सम्बोधनका क्रममा प्रमुख अतिथि बानियाँले दरवारलाई राष्ट्रिय रुपमा परिचित गराई पर्यटकीय स्थलमा बनाउन आफ्नो सक्दो सहयोग रहने बतााएका छन् । 
कार्यक्रममा बागमती गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, बागमती गाउँपालिका ६ का वडाअध्यक्ष टेकबहादुर डिम्डुङ, गोल्माराजा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर राईलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
प्रदेशसभा सदस्य बानियाँको पहलमा प्रदेश सरकारबाट विनियोजित ३० लाख रुपियाँ बजेटमा ऐतिहासिक गोल्मेराजा दरबारको घेराबारा र मन्दिर निर्माण गरिएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
डुबेर एक बालकको मृत्यु
pokhari_ma_duber164490244-1722049183.jpg

१२ साउन, हेटौंडा । बुटवलको  तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1722048246.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...

कोशीमा माओवादीका मन्त्रीहरुले राजीनामा दिए
koshi-pradesh-1721999612.jpg

११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...

राष्ट्र बैंकद्वारा चालु मौद्रिक नीति सार्वजनिक
Nepal-Rastra-Bank-970x500-1721981329.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल...

सौर्यको विमान दुर्घटनामा उद्धारमा खटिएका ५ पुरस्कृत
Screenshot_20240726_13433-1721980718.jpg

११ साउन, हेटौंडा । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1721978858.jpg

११ साउन, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ घटेको हो । छापावाल सुन...

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सोमबार पुनः बस्ने
trc-1721978210.jpg

११ साउन, हेटौंडा । संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार...

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने
Nepal-Rastra-Bank-970x500-1721958938.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले बोर्ड बैठक...

योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त
Screenshot_20240726_07210-1721957778.jpg

११ साउन, हेटौंडा । सरकारले राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्...

थप समाचार