Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सरस्वतीका कप्तान श्रेष्ठ एन्फाको कारवाहीमा,२वर्ष खेल्न नपाउने 

anfa-1582733837.jpg

१४ फागुन, हेटौँडा।सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठले अब दुई वर्ष फुटबल खेल्न नपाउने भएका छन।अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्ष फुटबल खेल्न प्रतिबन्ध लगाएपछि कप्तान श्रेष्ठले अब दुई बर्ष फुटबल खेल्न नपाउने भएका हुन । 
हालै सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत हिमालयन शेर्पा क्लबसितको खेलमा सरस्वतीका कप्तान श्रष्ठले म्याच फिक्सिङ गरेको आरोपमा एन्फाले उनलाई फुटबल खेल्न दुई बर्ष प्रतिबन्ध लगाउदै ५० हजार जरिवाना गरेको छ । 
‘ए’ डिभिजन लिगमा सरस्वती एउटामा जित, एउटामा बराबरी तथा ११ खेलमा हारका साथ रेलिगेसनमा पर्दै डिभिजन ‘बी’ मा झरेको थियो । दीपेश हाल धगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम टोलीबाट खेलिरहेका छन् । यसैगरी हिमालयनका टोली ब्यवस्थापक विजेन्द्र पुडासैनीलाई तीन महिनाका लागि निलम्बन गरिएको छ । उनलाई  ३० हजार जरिवाना गरिएको छ । त्यसैगरी एन्फाले हिमालयनका गोलकिपर मिनबहादुर बस्नेतलाई सुध्रिने मौकासहित चेतावनी दिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार