Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नगरस्तरीय भलिवको उपाधि वडा नम्बर १२ र वडा नम्बर १९ लाई

school-banda-3-1583025733.jpg

१८ फागुन, हेटौंडा । हेटौंडामा सम्पन्न नगरस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधी वडा नम्बर १२ र महिलातर्फको उपाधि वडा नम्बर १९ ले जितेको छ । 
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फको उपाधि जित्ने क्रममा वडा नम्बर १२ ले ५ नम्बर वडालाई १५–२५, २५–१७, २५–१५, १८–२५ र १६–१४ को सेटमा हराएको हो । 
उपाधिसँगै १२ नम्बर वडाले नगद पचासहजार सहित नगरकपको शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपबिजेता बनेको ५ नम्बर वडाले नगद तीसहजार, शिल्ड र मेडल प्राप्त गरेको छ ।
यसैगरी शनिवार नै सम्पनन भएको महिलातर्फको फाइनल खेलमा वडा नम्बर १४ लाई हराउँदै १९ नम्बर वडाले उपाधी जितेको हो । 
खेलमा वडा नम्बर १९ ले २५–१९, २५–१५ र २५–१७ को सोझो सेटमा उपाधि जितेको हो । उपाधिसंगै १९ नम्बर वडाले पनि नगद पचासहजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै उपबिजेता बनेको वडा नम्बर १४ ले नगद तीसहजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा पुरुषतर्फ हेटौंडा–१२ का बुद्धिकृष्ण दंगाल सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्ते हेटौंडा–१२ का सुमन स्याङ्तान उत्कृष्ट सेटर, हेटौंडा–११ का निरन सपकोटा उत्कृष्ट डिफेन्डर, हेटौंडा–५ का प्रकाश चौलागाईं उत्कृष्ट स्पाइकर र निरपेश जोशी उत्कृष्ट ब्लकर घोषित भए । 
यस्तै महिलातर्फ हेटौंडा–१९ की सपना बस्नेत उत्कृष्ट खेलाडी घोषित हुँदा हेटौंडा–१४ का सरस्वती खड्का र सञ्चमाया थिङ उदीयमान खेलाडी, हेटौंडा–१९ की सुजिता थापा उत्कृष्ट सेटर र हेटौंडा–९ की आयुषा सिंह उत्कृष्ट डिफेन्डर घोषित भइन ।
विजयी टिम तथा उत्कृष्ठ हुन सफल खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामाले पुरस्कार वितरण गरेकी थिइन् । 
आयोजक प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–५ निवासी पूर्व राष्ट्रिय खेलाडी चुडाकुमारी खड्का, पूर्व राष्ट्रिय रेफ्री दीपकरुद्र कर्माचार्य र खेलकुदलाई सहयोग गर्दै आएका हेटौंडा स्कूल अफ म्यानेजमेण्टका संयोजक पुरनबहादुर जोशीलाई सम्मान गरिएको थियो । 

school-banda-4-1583025741.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार