Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

हेटौँडाको मेयरका लागि रस्साकस्सी

Mayor-1489923682.jpg

६ चैत, हेटौँडा । स्थानीय तह निर्वाचनको मिति नजिकिंदै गर्दा मकवानपुरमा उम्मेदवारहरुबारे छलफल शुरु भएको छ । उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा विभिन्न पार्टीका नेता उम्मेदवार बन्न छलफल शुरु भएको हो । 
पछिल्लो समय हेटौँडा उपमहानगरपालिकाको मेयर को होला भन्नेमा धेरैको चासो छ । मकवानपुरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा माले, नयाँ शक्ति लगायतका पार्टीमा हेटौँडा उपमहानगरको मेयरका लागि आन्तरिक दौडधुप चलिरहेको छ । पार्टी संस्थागत रुपमा कसलाई उम्मेदवार बनाउँदा विजयी हासिल गर्न सकिन्छ भनेर आन्तरिक तयारीमा जुटेको छ भने उम्मेदवारका आकांक्षीहरु आफ्नो पक्षमा सहमति जुटाउन लागि परेका छन् । विशेषगरी कांग्रेस, एमाले र माओवादी केन्द्रमा बढि रस्साकस्सी छ भने राप्रपा, माले, नयाँ शक्ति लगायतका पार्टीमा कम दौडधुप देखिन्छ ।
नेपाली कांग्रेस
देशकै ठूलो पार्टी नेपाली कांग्रेसको तर्फबाट हेटौँडाका मेयरको उम्मेदवार बन्न आन्तरिक दौडधुप तिब्र बनेको छ । कांग्रेसमा अहिलेसम्म औपचारिक रुपमा स्थानीय तहको उम्मेदवारीका लागि पार्टीको छलफल नभएपनि आकांक्षीहरु पार्टी सभापति एवं गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँसंग सम्पर्कमा छन् । बानियाँले काम गर्नेलाई उम्मेदवार बनाउने उद्घोष गरेसँगै पछिल्लो समय पार्टीको अभियानमा नेताहरुको दौडधुप देखिन थालेको पार्टी कार्यकर्ताहरुले महसुस गरेका छन् । कांग्रेसमा वर्तमान नगर सभापति आनन्दराम पराजुलीको नाम चर्चामा छ । निर्माण व्यवसायी संघका अध्यक्ष समेत रहेका उनलाई पार्टीले उम्मेदवार बनाउने धेरेको आंकलन छ । पार्टीले जिम्मेवारी दिए आफु जनताको हितमा खटिने उनले बताउँदै आएका छन् । कांग्रेस पूर्व उपसभापति एवम् वर्तमान सल्लाहकार अशोक शाक्य पनि अाकांक्षीको रूपमा रहेको उनी निकटले बताए । तर पछिल्लो समय पार्टी कार्यक्रम र स्थानीय क्षेत्रमा देखिएको बाक्लो सहभागिताले नेतृ रीता खनालको आकंक्षा रहेको कार्यकर्ताहरुको अनुमान छ । ट्रेड युनियन अभियानमा लामो अभियानको अनुभवी खनाल गृहिणी शिक्षाको अभियान्ता समेत हुन् ।
नेकपा एमाले
जिल्लामा बलियो उपस्थिति रहेको नेकपा एमालेमा पनि मेयरका लागि रस्साकस्सी छ । विगतमा पूर्व मेयर डोरमणी पौडेलको नाम चर्चामा रहेको एमालेमा अहिले उनको नाम ओझेलमा परेको छ । एमालेमा पूर्व उपमेयर हरिबहादुर महतको नाम चर्चामा छ । ओली वा नेपाल कुनै पनि गुटमा नरहेका महतले आफु मेयरको आकांक्षी उम्मेदवार रहेको सार्वजनिक रुपमा भन्दै आएका छन् । शनिबार चौघडामा एमालेले गरेको वनभोज कार्यक्रममा कार्यकर्तामाझ उनले आफुलाई पार्टीले उम्मेदवार बनाए काम गर्ने बताउँदै यसकै लागि कसै कहाँ दौडधुप नगर्ने बताएको उनका एक शुभेच्छुकले प्रष्टखबरलाई बताए । तर पार्टी अध्यक्ष मुनु सिग्देलले पनि मयेर उम्मेदवारको रुपमा आकांक्षा राखेको पार्टी स्रोतको भनाई छ । उनले समेत यसबारे आन्तरिक रुपमा आफु निकटहरुबाट पार्टीमा माहोल बनाउने काम गरिरहेको जनाईएको छ । अन्य केही नेताले आकांक्षा गरेपनि एमालेमा महत वा सिग्देल मध्येबाटै मेयरको उम्मेदवार हुने करिव निश्चित रहेको स्रोतको दावि छ ।
नेकपा माओवादी केन्द्र
देशको तेस्रो पार्टी माओवादी केन्द्रमा अहिलेसम्म खुलेरै उम्मेदवारको रुपमा प्रस्तुत गर्ने भेटिएका छैनन् । उपमहानगरपालिकामा केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्ने प्रकाश पाण्डे 'परलोक' मेयरको उम्मेदवार बन्न सक्ने एक नेताको भनाई छ । तर उनले भने अहिलेसम्म कतै यसबारे छलफल गरेका छैनन् । पत्रकार एवं पुराना नेता कौशल पाण्डेलाई उम्मेदवार बनाउनुपर्ने केहीको प्रस्ताव रहेको छ । केन्द्रमा सागर बानियाँ र बालकृष्ण चौलागाईंले समेत अाकांक्षा गरेको जनाइएको छ । तर पार्टीले औपचारिक छलफल नचलाएकाले कसैले पनि दावि नगरेको हुन सक्ने एक जिल्ला नेताको भनाई छ ।
राप्रपा
राप्रपामा मेयर बन्नेको नाम करिव निश्चित भएको जिल्ला तहका एक नेताको भनाई छ । राप्रपाबाट संविधानसभा निर्वाचनका प्रत्यासी दीपकबहादुर सिंह नै मेयरको उम्मेदवारको रुपमा प्रस्तुत हुने स्रोतको दावि छ । सिंह बाहेक अन्य दललाई टक्कर दिने उम्मेदवार नरहेको भन्दै उनलाई पार्टीबाट ग्रिन सिग्नल दिईसकेको उनी निकट एक नेताको भनाई छ । जिल्लामा कम भेटिने सिंह ग्रिन सिग्नल पाएसँगै वडाहरुमा हुने कार्यक्रममा बाक्लै उपस्थित हुन थालेका छन् । यसअघि चर्चामा रहेका नगर अध्यक्ष गुरुप्रसाद सापकोटालाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पार्टीमा छलफल भईरहेको जनाईएको छ ।
नेकपा माले
नेकपा मालेमा पार्टी सचिव भीमसेन महत नै मेयरको उम्मेदवार बन्न सक्ने जनाईएको छ । हेटौँडा उपमहानगरपालिका र सुरुङमार्गमा भएको भ्रष्टाचारको विरोधमा खुलेर अभियान थालेका उनी युवापुस्तामा छाएका नेता मानिन्छन् । तर उनले पार्टीमा छलफल भईरहेको बताउँदै उपयुक्त समयमा उम्मेदवारको नाम सार्वजनिक गर्ने बताए ।
नयाँ शक्ति पार्टी
नेकपा माओवादी फुटेर बनेको नयाँ शक्ति पार्टीलाई जनमत जाँच्ने पहिलो अवसर स्थानीय तहको निर्वाचन भएकाले उसले जनतामाझ परिचित रहेका व्यक्तित्वलाई उम्मेदवारको रुपमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ । नयाँ शक्ति निकट स्रोतका अनुसार हेटौँडाको मेयरको रुपमा नयाँ शक्तिले सामाजिक रुपमा नगरमा परिचित व्यक्तित्वको खोजि गरिरहेको छ । पार्टीको नेता भन्दा सामाजिक रुपमा जनतामाझ परिचित व्यक्तित्व आवश्यक रहेको पार्टीका एक नेताले प्रष्टखबरसँग प्रतिक्रिया दिए । नेताहरु राजेन्द्र सिम्खडा र राजन मैनालीको नाम चर्चामा छ । सिम्खडा लामो समयदेखि पार्टीभित्र सक्रिय छन् भने मैनाली व्यवसायिक पृष्ठभुमी र सामाजिक क्षेत्रमा सक्रिय छन् ।
चर्चामा रहेकाहरुमध्येबाटै उम्मेदवार बन्छन् वा बन्दैनन् त्यो भने पार्टीले निर्णय गर्नैपर्छ । उनीहरुले बैशाख १६ गते मनोनयन दर्ता गर्ने छन् र बैशाख ३१ गते मेयरका लागि मतदान हुनेछ । मतदाताले कसलाई भोट दिन्छन् त्यही दिन तय हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस सभापति थापा र नेता खड्काबीच भेटवार्ता
gagan.2026-04-15-10-13-52-1776650507.jpg

७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता...

पेस्तोलसहित एक युवक पक्राउ
Screenshot_20260420_07392-1776650074.jpg

७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...

आज अक्षयतृतीया पर्व मनाइँदै
satu-jau-akshya-tritiya16-1776649550.jpg

७ बैशाख, हेटौंडा । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षयतृतीया पर्व आज सातु र सर्बत दान एवं सेवन गरी...

अब कर्मचारीको तलब १५ दिनमा
Artha-mantralaya-finance-1776649315.jpg

७ बैशाख, हेटौंडा । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब-भत्ता १५ दिनमा भुक्तानी गर्ने निर्णय गरेको छ ।...

हल्का वर्षा हुने सम्भावना
1774004021_Rain9-1200x560-1776648779.jpg

७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...

रास्वपाको सचिवालय बैठक आज बस्ने
RSP-raswapa-1766815646-1776564885.jpg

६ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो साढे ३ बजे...

थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1776564591.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,...

मालपोतका नासु घुससहित पक्राउ
ghus-1-1776475527.jpg

५ बैशाख, हेटौंडा । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित पक्राउ परेका...

धितोपत्र बोर्डका अध्यक्षद्वारा राजीनामा
santosh-narayan-shrestha-1776475274.jpg

५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg