२० फागुन, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा हुने तेस्रो संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी थालिएको छ ।
प्रतियोगिता यही चैत्र २९ गतेबाट सञ्चालन हुने जिल्ला फुटबल संघले जनाएको छ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २९ बाट खेल सञ्चालन गर्न अनुमती दिएकोमा विभिन्न गोल्डकपको मिति जुधेकोले आयोजकले एक महिना पछिको मिति मागेको थियो ।
गत बर्ष मकवानपुर गोल्डकपको नाममा सञ्चालन भएको गोल्डकपको नाम यस बर्षबाट स्थानीय तह तेस्रो राष्ट्रिय फुटबल प्रतियोगिता मकवानपुर गोल्डकप हुनेछ । प्रतियोगिताको लागि जिल्लाका स्थानीय तहले ६५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।
गत बर्ष भन्दा यस बर्ष मकवानपुर गोल्डकपको पुरस्कार राशीमा समेत बृद्धि गरिने भएको छ । गत बर्ष विजेता र उपविजेतालाई क्रमश ः नगद ८ लाख र ४ लाख रुपैयाँ प्रदान गरिएको थियो ।
यस बर्ष विजेतालाई १० र उपविजेतालाई ५ लाख रुपैयाँ प्रदान गरिने आयोजक फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए ।
यस्तै विधातगत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद २५ हजार, हरेक खेलको म्यान अफ द म्याचलाई १० हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपैयाँ प्रदान गरिने लामाले बताए ।
वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) को खेल मैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि ए डिभिजन क्लवलाई पत्र पठाइसकिएको पनि लामाले जानकारी दिए ।
मकवानपुर गोल्डकपमा विभागीय टिमसहित ए डिभिजन क्लवहरु थ्रीस्टार, मछिन्द्र, जावलाखेल, हिमालयन शेर्पा र गत बर्षको उपविजेता टिम दाफिन्सको समेत सहभागिता रहने बताइएको छ ।
गत बर्ष आयोजकको टिम मकवानपुर ११ ले प्रतियोगिता जितेको थियो । साभारः प्रदेश दैनिक
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...




-1791939176.jpg)













