९ चैत, हेटौडा । वनलाई वनडढेलोबाट बचाउन सुन्दर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल लामाको अध्यक्षतामा २० सदस्यीय वनडढेलो नियन्त्रण सञ्जाल गठन गरिएको छ । हेटौडा इलाका वन कार्यालयको आयोजनामा बुधवार हेटौडामा भएको अन्तरक्रिया कार्यक्रममा लामाको अध्यक्षतामा सञ्जाल गठन गरिएको हो ।
सञ्जालको सहसंयोजकमा सूर्यबहादुर घलान, सचिवमा भीमसेन पौडेल,कोषाध्यक्षमा ईन्दु स्याङतान रहेका छन् । यसैगरी सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष पञ्चमाया स्याङतान, हेटौडा ईलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्मा, हेटौडा रेन्जपोष्ट महासंघका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, हेटौडा ईलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुरेकाड सामुदायिक वनका अध्यक्ष मिनबहादु घलान र सुन्दर सामुदायिक वनका निवर्तमान अध्यक्ष केदारप्रसाद बत्र्तौला रहको अनुगमन तथा समन्वय समिति गठन गरिएको छ ।
सञ्जालले सामुदायिक वनलाई डढेलोबाट बचाउँन सबै सामुदायिक वनमा कार्यक्रम सञ्चालन गर्ने, वनडढेलो नियन्त्रणको लागि सञ्जालमा आवद्ध सामुदायिक वनहरुमा उपसमिति गठन गर्ने, स्थानीय सरोकारवाला संघसंस्थाहरु सँग समन्वय गर्ने, डढेलो नियन्त्रण सम्वन्धि जनचेतना तथा प्रचारप्रसार लगायतका कामहरु गर्ने सञ्जालका अध्यक्ष लामाले बताए ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















