Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नियम निलम्बन गर्दै सेवासुविधासम्बन्धी विधेयक पारित

Sabhamukh-1584610919.jpg

६ चैत, हेटौंडा । लामो समयदेखि सेवा सुविधाबाट बन्चित भएका स्थानीय तहका पदाधिकारीहरुले सेवा सुविधा पाउने भएका छन् । सर्वोच्च अदालतको आदेशपछि २०७६ साल कार्तिक १ गतेबाट रोकिएको सेवा सुविधा उनीहरुले पाउने भएका हुन् । 
बागमती प्रदेशको प्रदेशसभा बैठकमा विहिबार सेवा सुविधा सम्बन्धी ऐनको संशोधनका लागि विधेयक सर्वसम्मत पारित भएपछि उनीहरुलाई सुविधा लिन बाटो खुलेको छ । विधेयक पारित गर्नका लागि प्रदेशसभा नियमावलीको नियम १२१ (२) निलम्बन गरिएको थियो । विधेयक पारित गर्न संसदीय समितिले संसदमा प्रतिवेदन पेश गरेको २४ घण्टा हुनुपर्नेमा विहिबार नै पारित गर्न सभामुखले विशेषाधिकार प्रयोग गरी नियम निलम्बन गरिएको जनाईएको छ । विधेयकमाथि छलफल गर्दै सांसद रमेश पौड्यालले संविधानको मर्म अनुसार विधेयक आउनुपर्नेमा संशोधन समेत मर्म अनुसार नरहेको बताए । उनले नेताका लागि संविधान संशोधन गर्ने तर स्थानीय तहका पदाधिकारीहरुका लागि भने संशोधन नगर्नु उनीहरुप्रतिको अपमान भएको बताए । सांसद नरोत्तम बैद्यले हतारमा विधेयक ल्याउने र पछि पछुताउने काम नगर्न सुझाव दिए ।
यसअघि, सार्वजनिक लेखा समितिका सभापति न्हुक्षेनारायण श्रेष्ठले नदि तथा खानीजन्य पदार्थको उपभोग, राजस्व र चुहावटसम्बन्धी अध्ययन गर्न बनेको उपसमितिको प्रतिवेदन संसदमा पेश गरेका थिए । प्रतिवेदन पेश गर्दै उनले प्रदेश सरकारले चालु आर्थिक बर्षमा २ अर्ब राजस्व संकलनको अपेक्षा गरेकोमा स्थानीय तहबाट १५ करोड मात्रै प्रदेश सरकारलाई बुझाएको बताए । समितिले सांसद रत्न ढकालको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाएको र समितिले अध्ययन गरेको संसदमा जानकारी दिईएको थियो ।

Sewa-Subidha-1584610998.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार