२६ चैत, हेटौंडा । फुटबल खेलाडी उत्पादनको हिसाबले मकवानपुर जिल्ला पनि अग्रस्थानमा आउँँछ । नेपालको पुरुष फुटबलको राष्ट्रिय टोलीमा मकवानपुरका चारजना खेलाडीले नियमित रूपमा स्थान बनाइरहेका छन् । अन्य खेलाडीहरूको पनि राष्ट्रिय टोलीमा स्थान बनाउने र बाहिरिने क्रम चलिरहेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को असर देशका चर्चित फुटबलरमा पनि परिरहेको छ ।
मकवानपुरबाट राष्ट्रिय टोलीमा रहेका खेलाडी अन्जन विष्ट, रन्जन विष्ट, सुनील बल र एलन न्यौपाने हुन् । रन्जन र अन्जन दाजुभाइ हुन् । कोरोनाका कारण अहिले विष्ट दाजुभाइ र सुनील हाल गृहनगर हेटौंडामै छन् भने एलन एक महिनाअगाडि मात्र अस्ट्रेलियातर्फ लागेका थिए । विभिन्न उमेर समूहमा नेपालको राष्ट्रिय टोलीको जर्सी लगाएर मैदानमा उत्रेका विंगर तथा च्यासलका कप्तान अमिर श्रेष्ठ र मनाङ मस्र्याङ्दी क्लबका गोलरक्षक अशोक बराल पनि हेटौंडामै छन् ।
मनाङको अग्रपंक्ति सम्हालिरहेका विष्ट दाजुभाइ आफूलाई फिट राख्नका लागि हेटौंडा–१० स्थित घर नजिकै रहेको वनविज्ञान अध्ययन संस्थान (फरेस्ट्री) मैदानमा बेलुकी समयमा प्रशिक्षण गरिरहेका छन् । ‘क्लबमा हुँदा समूहमा रहेर प्रशिक्षकको निर्देशन अनुसार प्रशिक्षण गरिन्थ्यो । अहिले एक्लै आफूलाई फिट राख्नका लागि प्रशिक्षण गरिरहेको छु,’ अन्जनले बेलुकी समय प्रशिक्षणमा बिताए पनि बिहान र दिउँसो घरमै बसिरहेको बताए । गायनमा सौखिन उनी गिटार बजाएर दिन काटिरहेको बताउँछन् ।
रन्जन भने बिहान र दिउँसो घरमै बसिरहेको र बेलुकाको समयमा ‘सेल्फ’ प्रशिक्षण गरिरहेको बताउँछन् । ए डिभिजन लिग र मोफसलमा भएका विभिन्न नकआउट फुटबल प्रतियोगितापछि घरमा आएर परिवारसँग बस्दा आफूलाई फिट महसुस गरेको उनले सुनाए । भने, ‘लिगलगत्तै विभिन्न जिल्लामा भएको नकआउट फुटबलको व्यस्तताबाट राहत मिलेको छ ।’ उनले फुटबलप्रेमी एवं सबैलाई कोरोनाबाट बच्नका लागि सुरक्षित घरमै बस्नआफ्नो फेसबुक पेजमार्फत् आग्रह गरिरहेको बताए ।
नेपालले आफ्नै भूमिमा १३ औं सागमा फुटबलको स्वर्ण पदक जित्दा महत्त्वपूर्ण भूमिका खेलेका सुनील अहिले हेटौंडा–१४ स्थित आफ्नै घरमा छन् । ‘घर नजिकैको चौरमा बिहान र बेलुका पसिना बगाइरहेको छु । यो समयमा कहाँ जानु । घरमै बसेर दिन बितिरहेको छ,’ उनले लिगमा च्यासलबाट खेल्दा सोचेजस्तो नतिजा नआए पनि अझै आफ्नो खेललाई कसरी तिखार्न सकिन्छ भनेर भरपूर सोच्ने मौका लकडाउनले दिएको बताए । ‘अन्य क्लबमा जानेबारे अहिल्यै सोचेको छैन,’ थ्रीस्टार छाडेर लिगअघि च्यासलमा आबद्ध उनले भने ।
‘ए’ डिभिजन लिगमा विपक्षी खेलाडीविरुद्ध अभद्र व्यवहार गरेपछि कारबाही भोगेका अशोक बराल पनि अहिले फरेस्ट्रीमै अभ्यास गरिरहेकै भेटिन्छन् । मनाङले धरानमा भएको बुढासुब्बा गोल्डकप र पोखराको आहा–रारा गोल्डकप जित्दा उत्कृष्ट गोलरक्षक घोषित अशोक आफूलाई फिट राख्न बिहान र बेलुका नै प्रशिक्षण गरिरहेको बताउँछन् । यस्तै अमिर श्रेष्ठ पनि हेटौंडा–९ स्थित पशुपतिनगरमा रहेको औद्योगिक क्षेत्रको मैदानमा नियमित प्रशिक्षण गरिरहेका छन् । ‘घर नजिकैको जुनियर भाइ र म दैनिक प्रशिक्षण गरिरहेका छौं,’ अमिरले लकडाउनको दिनदेखि नै घरबाट मैदानबाहेक अन्यत्र नगएको सुनाए ।
संकटा क्लबसँग आबद्ध मकवानपुरे गोलरक्षक रोहित कार्की र बिग्रेड ब्वाइजका डिफेन्डर एन्जल महर्जनलगायतका खेलाडी पनि अहिले घरमै छन् । जिल्ला फुटबल संघ मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठ आफूसँग नियमित रूपमा प्रशिक्षण गर्ने करिब ४० भन्दा बढी खेलाडीलाई लकडाउनको घोषणा भएसँगै घरमै बसेर सामान्य अभ्यास गर्न आग्रह गरिएको बताउँछन् ।
(समाचार र तस्विर कान्तिपुरका संवाददाता सुवास विडारीबाट)
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...


















