Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोनाबाट अहिलेसम्म १ लाख १९ हजार बढीको ज्यान गयो 

11-1586827346.png

२ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मर्नेको संख्या १ लाख १९ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख १९ हजार ६१८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ५ हजार ४ सय २३ जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल १९ लाख २३ हजार ८४८ जना मासिन संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ७१ हजार ५९१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ४ लाख ४४ हजार ६३६ जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ५१ हजार ७४७ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने १३ लाख ८ हजार ५२ जनाको अवस्था मध्यम रहेको छ । 
कोरोनाको संक्रमणबाट पछिल्लो समय सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा ज्यान गुमाउँनेको संख्या २३ हजार ६४० पुगेको छ । पहिलो २४ घण्टामा यहाँ थप १ हजार ५३५जनाको मृत्यु भएको छ । 
अमेरिकापछि अहिलेसम्म इटलीमा सबैभन्दा बढीको कोरोना संक्रमणबाट ज्यान गएको छ । यहाँ थप ५६६ जनाको मृत्यु भएपछि कुल २० हजार ४६५ जनाको मृत्यु भएको छ ।
इटालीमा पछिल्लो समय ३ हजार १५३ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै यहाँ कुल १ लाख ५९ हजार ५१६ जना कोरोना संक्रमित पुगेका छन् ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या १७ हजार ७५६ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ५४७ जना थप मानिको मृत्यु भएको छ भने ३ हजार २६८ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी लगातार मृतक र नयाँ संक्रमित बढिरहेको फ्रान्समा पछिल्लो २४ घण्टामा ५७४ जनाले ज्यान गुमाएपछि यहाँ मर्नेको संख्या १४ हजार ९६७ पुगेको छ । यहाँ संक्रमितको संख्या १ लाख ३६ हजार ७७९ पुगेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ४ हजार १८८ जना नयाँ संक्रमित थपिएका छन् । 
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ११ हजार ३२९ जनाको मृत्यु भइसकेको छ । यहाँ पनि पछिल्लो समयमा मृतकको संख्यामा बृद्धि भइरहेको छ । बेलायतमा एकैदिन थप ७१७ जनाको मृत्यु भएको छ । 
यसैगरी मध्यपूर्वी एसियाली मुलुक इरानमा ४ हजार ५८५, बेल्जियममा ३ हजार ९०३, जर्मनीमा ३ हजार १९४, नेदरल्याण्डसमा २ हजार ८२३, ब्राजिलमा १ हजार ३२८, टर्कीमा १ हजार २९६ र स्विटजरल्याण्डमा १ हजार १३८ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा थोरै संख्यामा मात्रै संक्रमित ज्यान गुमाउनेको संख्या थोरैमात्र थपिएको छ । यहाँ अहिलेसम्म ३ हजार ३४१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय चीनमा १०८ जना नयाँ संक्रमित थपिएका छन भने २ जनाको ज्यान गएको छ ।
 

22-1586827348.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार