Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

दक्षिण एसियाः कोरोनाबाट मर्नेको संख्या भारतमा बढी

Opera-Snapshot_2020-04-14-1586830419.png

२ बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले दक्षिण एसियाका देशहरुमा पनि महामारीको रुप लिएको छ ।
कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा भारतमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ । 
दक्षिण एसियामा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी भारतमा ३ सय ५८ जनाको मृत्यु भएको छ । पछिल्लो समय थप २७ जनाको मृत्यु भएपछि भारतमा मर्नेको संख्या ३ सय ५८ पुगेको हो । 
यस्तै भारतमा संक्रमितको संख्या पनि दक्षिण एसियामा सबैभन्दा बढी छ । यहाँ कोरोना संक्रमितको संख्या १० हजार ४ सय ५३ पुगेको छ । पछल्लो २४ घण्टामा मात्रै यहाँ १ हजार २ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै भारतमा १ हजार १ सय ८१ जना उपचारपछि स्वस्थ्य भएका छन् । 
भारतपछि दक्षिण एसियामा कोरोनाको संक्रमणबाट मर्नेको संख्या पाकिस्तानमा बढी छ । पाकिस्तानमा अहिलेसम्म ९३ जनाको ज्यान गएको छ । यहाँ २४ घण्टामा २ जनाको ज्यान गएको छ । यस्तै थप २ सय ६६ जना नयाँ संक्रमित थपिएसँगै पाकिस्तानमा संक्रमितको कुल संख्या ५ हजार ४ सय ९६ पुगेको छ । 
यस्तै बंगलादेशमा कोरोना संक्रमणबाट ३९ जनाको मृत्यु भएको छ भने ८ सय ३ जना संक्रमित भएका छन् । वितेको २४ घण्टामा यहाँ ५ जनाको ज्यान गएको छ भने १ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी अर्को दक्षिण एसियाली मुलुक श्रीलंकामा कोरोनाका कारण अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन् भने २ सय १७ जना संक्रमित छन् । यहाँ पछिल्लो समय ७ जना नयाा संक्रमित थपिएका छन् ।
दक्षिण एसियाली मुलुक माल्दिभ्स, नेपाल र भुटानमा कोरोना संक्रमितको संख्या केही दिन यता निरन्तर स्थिर अवस्थामा छ । यी तीन मुलकमा गरी अहिलेसम्म एकजनाको पनि मृत्यु भएको छैन । 
कोरोना संक्रमणबाट माल्दिभ्समा अहिले सम्म २० जना संक्रमित भइसकेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । पछिललो २४ घण्टामा नेपालमा २ जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा एक जना उपचार पछि निको भएका छन् ।
यस्तै भुटानमा अहिलेसम्म ५ जनामा कोरोना संक्रमण भएको छ । यहाँ दुईजना उपचारपछि निको भएका छन भने तीन जनाको उपचार चलिरहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785462811.jpg

१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...

सुनसरी घटनाका दोषीले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री
balen3-1785462417.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसंग भेट
Screenshot_20260731_07275-1785462186.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785461738.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

थप समाचार