२९ चैत, हेटौँडा । हेटौँडाको हटियामा रहेको शिवम् सिमेन्ट्स लिमिटेडले मकवानपुरगढी स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको छ । उद्योगको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको हो ।
सहयोग गरेको एम्बुलेन्स मंगलबार स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ । उद्योगका निर्देशक रघुनन्दन मारु र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकले एम्बुलेन्सको साँचो एम्बुलेन्स संचालक समितिका अध्यक्ष सानुकान्छा थिङलाई हस्तान्तरण गरेका थिए । उद्योगले एम्बुलेन्स संचालनका लागि ५१ हजार रुपैँया विउपूँजी समेत उपलव्ध गराएको छ ।
हस्तान्तरण कार्यक्रममा उद्योगका निर्देशक मारुले उद्योगका प्रभावित क्षेत्रका हटिया, गढी, सुकौरा, ठिंगन, बुढिचौर लगायतका क्षेत्रका बासिन्दाको स्वास्थ्य सेवामा सुविधा पुग्ने विश्वास गरेको बताए । उनले यसको पूर्ण सदुपयोगका लागि समेत स्वास्थ्य चौकी र एम्बुलेन्स संचालन समितिलाई आग्रह गरे । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख पाठकले उद्योगबाट सहयोग प्राप्त एम्बुलेन्सबाट स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग पुग्ने बताए ।
मकवानपुरगढी गाउँपालिकाका कार्यकारी अधिकृत मिनराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकी संचालक समिति सदस्य बीरबहादुर गोले, स्वास्थ्यकर्मी बिदुर लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । उद्योगले एम्बुलेन्स खरिदका लागि ९ लाख ५३ हजार ८ सय रुपैँया सहयोग गरेको जनाएको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)