Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोनाबाट अमेरिकामा एकैदिन २ हजार बढीको मृत्यु 

मर्नेको संख्या २६ हजार नाघ्यो

usa-1586915111.png

३ बैशाख, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को मार खेपिरहेको अमेरिकामा संक्रमणबाट एकैदिन २ हजार ४ सय ७ जनाको ज्यान गएको छ । 
विश्वका सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा यो सँगै कुल मृत्यु हुनेको संख्या २६ हजार २४ पुगेको छ । 
कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अहिलेसम्म अमेरिकामा ६ लाख १३ हजार ८८६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यहाँ १३ हजार ४ सय ७३ जनाको अवस्था गम्भिर रहेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै यहाँ २६ हजार ९ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै अमेरिकामा ३८ हजार ८ सय २० जना उपचारपछि स्वस्थ्य भएका छन् । 
अमेरिकाका पचास वटै राज्यमा कोरोना संक्रमण फैलिएकोमा न्युयोर्क राज्य सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ अहिलेसम्म २ लाख ३ हजार १ सय २३ जना संक्रमित भएका छन भने १० हजार ८ सय ३४ जनाको ज्यान गएको छ । न्युयोर्कमा एकैदिन ७ हजार ४ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी अमेरिकाको दोस्रो प्रभावित राज्यमा न्यूजर्सी रहेको छ । यहाँ ६८ हजार ८ सय २४ जना संक्रमित भएका छन भने २ हजार ८ सय ५ जनाको मृत्यु भएको छ । 
यस्तै अमेरिकाको मासाचुसेटमा २८ हजार भन्दा बढी संक्रमित छन भने ९ सय ५७ जनाको मृत्यु भएको छ । अन्य राज्यहरु मिचिगन, क्यालिफोर्निया, पेन्सिलभानिया, फ्लोरिडा, इलिनोइस लगाएतमा दिनानुदिन संक्रमित र मृतकको संख्या बढीरहेको छ ।
 

usaA-1586915112.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार