Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोनाबाट अमेरिकामा एकैदिन २ हजार बढीको मृत्यु 

मर्नेको संख्या ३४ हजार नाघ्यो

America-1587094366.jpg

५ बैशाख, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को मार खेपिरहेको अमेरिकामा संक्रमणबाट एकैदिन २ हजार १ सय ७४ जनाको ज्यान गएको छ । 
विश्वका सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा यो सँगै कुल मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ । 
कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अहिलेसम्म अमेरिकामा ६ लाख ७७ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यहाँ १३ हजार ३ सय ६९ जनाको अवस्था गम्भिर रहेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै यहाँ २९ हजार ५ सय ६७ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै अमेरिकामा ५७ हजार ५ सय ८ जना उपचारपछि स्वस्थ्य भएका छन् । 
अमेरिकाका पचास वटै राज्यमा कोरोना संक्रमण फैलिएकोमा न्युयोर्क राज्य सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ अहिलेसम्म २ लाख २६ हजार १ सय ९८ जना संक्रमित भएका छन भने १६ हजार १ सय ६ जनाको ज्यान गएको छ । न्युयोर्कमा एकैदिन ७ हजार ६ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी अमेरिकाको दोस्रो प्रभावित राज्यमा न्यूजर्सी रहेको छ । यहाँ ७५ हजार ३ सय १७ जना संक्रमित भएका छन भने ३ हजार ५ सय १८ जनाको मृत्यु भएको छ । 
यस्तै अमेरिकाको मासाचुसेटमा ३२ हजार १ सय ८१ जना संक्रमित छन भने १ हजार २ सय ४५ जनाको मृत्यु भएको छ । 
यसैगरी अमेरिकाका अन्य राज्यहरु मिचिगनमा, क्यालिफोर्निया, पेन्सिलभानिया, फ्लोरिडा, इलिनोइस लगाएतमा दिनानुदिन संक्रमित र मृतकको संख्या बढीरहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार