६ बैशाख, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को मार खेपिरहेको अमेरिकामा संक्रमणबाट एकैदिन २ हजार ५ सय ३५ जनाको ज्यान गएको छ ।
विश्वका सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा यो सँगै कुल मृत्यु हुनेको संख्या ३७ हजार १ सय ५४ पुगेको छ ।
कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अहिलेसम्म अमेरिकामा ७ लाख ९ हजार ७ सय ३५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यहाँ १३ हजार ५ सय ९ जनाको अवस्था गम्भिर रहेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै यहाँ ३२ हजार १ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै अमेरिकामा ६० हजार ५ सय १० जना उपचारपछि स्वस्थ्य भएका छन् ।
अमेरिकाका पचास वटै राज्यमा कोरोना संक्रमण फैलिएकोमा न्युयोर्क राज्य सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ अहिलेसम्म २ लाख ३३ हजार ९ सय ५१ जना संक्रमित भएका छन भने १७ हजार १ सय ३१ जनाको ज्यान गएको छ । न्युयोर्कमा एकैदिन ७ हजार ७ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी अमेरिकाको दोस्रो प्रभावित राज्यमा न्यूजर्सी रहेको छ । यहाँ ७८ हजार ४ सय ६७ जना संक्रमित भएका छन भने ३ हजार ८ सय ४० जनाको मृत्यु भएको छ ।
यस्तै अमेरिकाको मासाचुसेटमा ३४ हजार ४ सय २ जना संक्रमित छन भने १ हजार ४ सय ४ जनाको मृत्यु भएको छ ।
यसैगरी अमेरिकाका अन्य राज्यहरु मिचिगनमा २ हजार २ सय २७, लुसियानामा १ हजार २ सय १३, क्यालिफोर्नियामा १ हजार ४१, इलिनोइसमा १ हजार १ सय ३४, कनेक्टिकटमा १ हजार ३६, पेन्सिलभानियामा ९ सय ५७ जनाको मृत्यु भईसेकेको छ ।
कोरोना भाइरसको संक्रमणबाट अमेरिकाका अन्य राज्यमा पनि मृतक र नयाँ संक्रमितको संख्या तिब्र गतिमा बढीरहेको छ ।
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...


















