Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोना कहरः मृतक र संक्रमितको संख्या घट्दै

1a-1587346199.png

८ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट नयाँ संक्रमित हुने र मृतकको संख्या घट्न थालेको छ । 
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख ६५ हजार ४९ पुगेको छ । 
पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ हजार ९ सय ५७ जनाको मृत्यु भएको छ । यो संख्या विगत केही दिनमा दैनिक ज्यान जाने मानिसहरुको संख्या भन्दा कम हो । यसअघि दैनिक जसो ७ देखी ८ हजार सम्म मानिसहरुको संक्रमणबाट ज्यान जाने गरेको थियो ।
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल २४ लाख ६ हजार २ सय ४२ जना मासिन संक्रमित भएका छन् । संक्रमित हुनेको संख्यापनि घटेको छ । पछिल्लो २४ घण्टामा ७५ हजार ४ सय ७१ नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ६ लाख २४ हजार ९ सय ७४ जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ५४ २ सय २२ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने १५ लाख ६३ हजार ४९ जनाको अवस्था मध्यम रहेको छ । 
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १ हजार ५ सय ३४ को मृत्यु भएको छ । यो सँगै अमेरिकामा ज्यान गुमाउँनेको संख्या ४० हजार ५ सय ४८ पुगेको छ । 
अमेरिकापछि अहिलेसम्म इटलीमा सबैभन्दा बढीको कोरोना संक्रमणबाट ज्यान गएको छ । यहाँ २३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ । पछिल्लो समय इटालीमा थप ४ सय ३३ जनाको मृत्यु भएको छ ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २० हजार ४ सय ५३ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा थप ४ सय १० जना मानिको मृत्यु भएको छ ।
यसैगरी फ्रान्समा पछिल्लो २४ घण्टामा ३ सय ९५ जनाले ज्यान गुमाएका छन् । यहाँ संक्रमणबाट मर्नेको संख्या १९ हजार ७ सय १८ पुगेको छ । 
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेलायतमा १६ हजार ६० जनाको मृत्यु भइसकेको छ । यहाँ पछिल्लो २४ घण्टामा ५ सय ९६ जनाको मृत्यु भएको छ । 
यसैगरी बेल्जियममा ५ हजार ६ सय ८३, मध्यपूर्वी एसियाली मुलुक इरानमा ५ हजार १ सय १८, जर्मनीमा ४ हजार ६ सय ४२, नेदरल्याण्डसमा ३ हजार ६सय ८४, ब्राजिलमा २ हजार ४ सय ६२, टर्कीमा २ हजार १७, स्विटजरल्याण्डमा १ हजार ३ सय ९३ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ३२ पुगेको छ । यहाँ नयाँ सक्रमित र मृतकको संख्या पछिल्लो समय स्थिर रहेको छ ।
 

12a-1587346201.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार