Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोनाः अमेरिकामा मृत्युहुनेको संख्या ४० हजार नाघ्यो

America-1587350136.jpg

८ बैशाख, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को मार खेपिरहेको अमेरिकामा संक्रमणबाट एकैदिन १ हजार ५ सय ३४ जनाको ज्यान गएको छ । 
विश्वका सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा यो सँगै कुल मृत्यु हुनेको संख्या ४० हजार ५ सय ५५ पुगेको छ ।
कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अहिलेसम्म अमेरिकामा ७ लाख ६३ हजार ८ सय ३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यहाँ १३ हजार ५ सय ६६ जनाको अवस्था गम्भिर रहेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै यहाँ २५ हजार ५ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै अमेरिकामा ७१ हजार १२ जना उपचारपछि स्वस्थ्य भएका छन् । 
अमेरिकाका पचास वटै राज्यमा कोरोना संक्रमण फैलिएकोमा न्युयोर्क राज्य सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ अहिलेसम्म १८ हजार २ सय ९८ जनाको ज्यान गएको छ भने २ लाख ४७ हजार २ सय १५ जना संक्रमित भएका छन । 
यसैगरी अमेरिकाको दोस्रो प्रभावित राज्यमा न्यूजर्सी रहेको छ । यहाँ ८५ हजार ३ सय १ जना संक्रमित भएका छन भने ४ हजार २ सय २ जनाको मृत्यु भएको छ । 
यस्तै अमेरिकाको मासाचुसेट राज्यमा ३८ हजार ३ सय १ जना संक्रमित छन भने १ हजार ७ सय ६ जनाको मृत्यु भएको छ । 
यसैगरी अमेरिकाका अन्य राज्यहरु मिचिगनमा २ हजार ३ सय ९१, लुसियानामा १ हजार २ सय ९६,  क्यालिफोर्नियामा १ हजार १ सय ७५, इलिनोइसमा १ हजार २ सय ९०, कनेक्टिकटमा १ हजार १ सय २७, पेन्सिलभानियामा १ हजार २ सय २७ जनाको मृत्यु भईसेकेको छ । 
कोरोना भाइरसको संक्रमणबाट अमेरिकाका अन्य राज्यमा पनि मृतक र नयाँ संक्रमितको संख्या दिनानुदिन बढीरहेको छ । 
 

americaa-1587350137.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार