Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोना कहरः मृतकको संख्या १ लाख ७० हजार नाघ्यो

world-1587433964.png

९ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको एक लाख ७० हजार नाघेको छ । 
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख ७० हजार ४ सय २५ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ । 
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल २४ लाख ८१ हजार ४० जना मासिन संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ७५ हजार ४ सय ७१ नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ६ लाख ४६ हजार ७ सय ७४ जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ५६ हजार ७ सय ६५ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने १६ लाख ७ हजार ७६ जनाको अवस्था मध्यम रहेको छ । 
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा ज्यान गुमाउँनेको संख्या ४२ हजार ५ सय १४ पुगेको छ । 
अमेरिकापछि अहिलेसम्म इटलीमा सबैभन्दा बढीको कोरोना संक्रमणबाट ज्यान गएको छ । यहाँ २४ हजार १ सय १४ जनाको मृत्यु भएको छ । पछिल्लो समय इटालीमा थप ४ सय ५४ जनाको मृत्यु भएको छ ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २० हजार ८ सय ५० पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा थप ३ सय ९९ जना मानिको मृत्यु भएको छ ।
यसैगरी फ्रान्समा पछिल्लो २४ घण्टामा ५ सय ४७ जनाले ज्यान गुमाएका छन् । यहाँ संक्रमणबाट मर्नेको संख्या २ण् हजार २ सय ६५ पुगेको छ । 
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेलायतमा १६ हजार ५ सय ९ जनाको मृत्यु भइसकेको छ । यहाँ पछिल्लो २४ घण्टामा ४ सय ४९ जनाको मृत्यु भएको छ । 
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेल्जियममा ५ हजार ८ सय २८, मध्यपूर्वी एसियाली मुलुक इरानमा ५ हजार २ सय ९, जर्मनीमा ४ हजार ८ सय ६२, नेदरल्याण्डसमा ३ हजार ७ सय ५१, ब्राजिलमा २ हजार ५ सय ८७, टर्कीमा २ हजार १ सय ३०, स्विटजरल्याण्डमा १ हजार ४ सय २९ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ३२ पुगेको छ । यहाँ नयाँ सक्रमित र मृतकको संख्या पछिल्लो समय स्थिर रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार