१० बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको एक लाख ७७ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख ७७ हजार ६ सय ८ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ७ हजार ६२ जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल २५ लाख ५५ हजार ७ सय ४५ जना मासिन संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ७५ हजार २ सय ४२ नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ६ लाख ९० हजार २ सय २४ जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ५७ हजार २ सय ५४ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने १६ लाख ३१ हजार ३ सय ९१ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ८ सय ४ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा ज्यान गुमाउँनेको संख्या ४५ हजार ३ सय १८ पुगेको छ ।
अमेरिकापछि अहिलेसम्म इटलीमा सबैभन्दा बढीको कोरोना संक्रमणबाट ज्यान गएको छ । यहाँ २४ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ । पछिल्लो समय इटालीमा थप ५ सय ३४ जनाको मृत्यु भएको छ ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २१ हजार २ सय ८२ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा थप ४ सय ३० जना मानिको मृत्यु भएको छ ।
यसैगरी फ्रान्समा संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार ७ सय ९६ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा ५ सय ३१ जनाको ज्यान गएको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेलायतमा १७ हजार ३ सय ३७ जनाको मृत्यु भइसकेको छ । यहाँ एकैदिन ८ सय २८ जनाको मृत्यु भएको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेल्जियममा ५ हजार ९ सय ९८, मध्यपूर्वी एसियाली मुलुक इरानमा ५ हजार २ सय ९७, जर्मनीमा ५ हजार ८६, नेदरल्याण्डसमा ३ हजार ९ सय १६, ब्राजिलमा २ हजार ७ सय ४१, टर्कीमा २ हजार २ सय ५९, स्विटजरल्याण्डमा १ हजार ४ सय ७८ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ३२ पुगेको छ । यहाँ नयाँ सक्रमित र मृतकको संख्या पछिल्लो समय स्थिर रहेको छ ।
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...


















