Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोनाबाट अमेरिकामा एकैदिन २८ सय बढीको मृत्यु 

12-1587518927.jpg

१० बैशाख, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को मार खेपिरहेको अमेरिकामा संक्रमणबाट एकैदिन २ हजार ८ सय ४ जनाको ज्यान गएको छ । 
यो संख्या अमेरिकामा एकैदिन मृत्यु हुने संक्रमितको संख्याको अहिले सम्मकै सबैभन्दा बढी हो । विश्वका सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा यो सँगै कुल मृत्यु हुनेको संख्या ४५ हजार ३ सय १८ पुगेको छ ।
कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अहिलेसम्म अमेरिकामा ८ लाख १८ हजार ७ सय ४४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यहाँ एकैदिन थप २५ हजार ९ सय ८५ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकामा १४ हजार १६ जना संक्रमितको अवस्था गम्भिर रहेको छ भने ८२ हजार ९ सय २३ जना उपचारपछि स्वस्थ्य पनि भएका छन् । 
अमेरिकामा कोरोना संक्रमणबाट सबैभन्दा बढी न्युयोर्क राज्य प्रभावित भएको छ । यहाँ अहिलेसम्म १९ हजार ६ सय ९३ जनाको ज्यान गएको छ । यहाँ एकैदिन ७ सय ६४ जना संक्रमितको मृत्यु भएको छ । 
२ लाख ५६ हजार ५ सय ५५ जना संक्रमित रहेको न्युयोर्कमा एकैदिन ४ हजार ४ सय ६१ जना नयाँ संक्रमित थपिएका छन । 
यसैगरी अमेरिकाको दोस्रो प्रभावित राज्यमा न्यूजर्सी रहेको छ । यहाँ ९२ हजार ३ सय ८७ जना संक्रमित भएका छन भने ४ हजार ७स य ५३ जनाको मृत्यु भएको छ । 
यस्तै अमेरिकाको मासाचुसेट राज्यमा ४१ हजार १ सय ९९ जना संक्रमित छन भने १ हजार ९ सय ६१ जनाको मृत्यु भएको छ । 
यसैगरी अमेरिकाका अन्य राज्यहरु मिचिगनमा २ हजार ७ सय, लुसियानामा १ हजार ४ सय ५,  क्यालिफोर्नियामा १ हजार २ सय ९८, इलिनोइसमा १ हजार ४ सय ६८, कनेक्टिकटमा १ हजार ४ सय २३, पेन्सिलभानियामा १ हजार ६ सय १४ जनाको मृत्यु भईसेकेको छ । 
कोरोना भाइरसको संक्रमणबाट अमेरिकाका अन्य राज्यमा पनि मृतक र नयाँ संक्रमितको संख्या दिनानुदिन बढीरहेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार