Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सुरक्षा संयन्त्रद्वारा तीन गाउँपालिकामा निर्वाचनबारे अन्तरक्रिया

Faparbari1-1492429527.jpg

४ बैशाख, हेटौँडा । मकवानपुरको सुरक्षा संयन्त्रले तीन गाउँपालिकामा निर्वाचनबारे सोमबार अन्तरक्रिया गरेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वको टोलीले बाग्मती, बकैया र मकवानपुरगढी गाउँपालिकामा पुगेर निर्वाचन तयारीबारे सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो । टोलीले विहान बकैया, दिउसो बाग्मति र अपरान्ह मकवानपुरगढीमा अन्तरक्रिया गरेको थियो ।
तीनवटै गाउँपालिकाको कार्यक्रममा मतदान केन्द्र, मतदाता र उम्मेदवारको सुरक्षा, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता, निर्वाचन अधिकृतको कार्यालय स्थापना र मतदानस्थलको अवस्थाबारे गाउँपालिकाका राजनैतिक दलका प्रतिनिधिसँग छलफल गरिएको थियो । कार्यक्रममा सहभागी राजनैतिक दलका नेता, प्रस्तावित उम्मेदवार र सर्वसाधारणले निर्वाचन आचारसंहितलाई प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । 
उनीहरुले मतदाता शिक्षालाई प्रभावकारी ढंगबाट मतदातामाझ पु¥याउनुपर्नेमा जोड दिंदै अन्यथा स्थानीय तहको निर्वाचनमा मत बदर हुने सम्भावना बढि रहेको बताएका थिए । उनीहरुले करिव २ दशकपछि हुन लागेको चुनावको तयारीका लागि राज्य संयन्त्रलाई राजनैतिक दलहरुले सहयोग गर्ने बताएका थिए । उम्मेदवारको सुरक्षामा निष्पक्ष ढंगबाट सुरक्षा संयन्त्रले ध्यान दिनुपर्नेमा राजनैतिक दलका प्रतिनिधिले जोड दिए । 
कार्यक्रममा जिल्ला सुरक्षा समिति संयोजक एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले जिल्ला सुरक्षा समितिले निर्वाचनका लागि गरेको तयारीबारे जानकारी दिएका थिए । उनले निर्वाचनलाई भयरहित र निष्पक्ष ढंगले सम्पन्न गर्न सबैको सहयोगमा जोड दिंदै सुरक्षामा आउने कुनै पनि चुनौति सामना गर्न प्रशासनले रणनीति तयार गरेको बताए । उनले मतदाता शिक्षालाई मतदातासम्म पु¥याउन समन्वय गर्ने बताए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी नारायण मैनालीले निर्वाचनको सफलताले स्थानीय तहमा जनप्रतिनिधिको उपस्थिति सशक्त बन्ने भएकाले यसलाई सम्पन्न गर्न दलको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक बसन्तकुमार लामाले निर्वाचनको सुरक्षाका लागि पर्याप्त ध्यान दिईने बताउँदै आप्mनो क्षेत्रमा देखा पर्ने सुरक्षा चुनौतिबारे जानकारी दिन राजनैतिक दलका प्रतिनिधि र सर्वसाधारणलाई आग्रह गरे । 
कार्यक्रममा राष्ट्रिय अनुसन्धानका एसपी विष्णुमणी आचार्य, नयाँ सबुज गण सुपारेटारका सेनानी सुरेश केसी, सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा बेसका प्रहरी नायव उपरिक्षक त्रिभुवन विष्ट लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, प्रस्तावित उम्मेदवार, मकवानपुर गाउँपालिकाका कार्यकारी अधिकृत मिनराज कोइराला, बकैया गाउँपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र प्रधान, बाग्मति गाउँपालिकाका कार्यकारी अधिकृत भीम परियार, वडा सचिवहरु, मतदाता शिक्षा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

Faparbari2-1492429527.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार