File Photo
२० बैशाख, काठमाडौं । गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा टेवल टेनिसतर्फ कांस्य पदक जितेकी एलिना महर्जनले कोरोना भाईरसका कारण गरिएको लक डाउनबाट समस्यामा परेका परिवारलाई सहयोग गरेकी छन्।
केही साताअघि उनले सागमा पदक जितेबापत प्राप्त हुने पुरस्कार रकमको आधा अंश सहयोग गर्ने बताएका थिए। त्यसै अनुरुप सरकारबाट प्राप्त दुई लाख नगद पुरस्कार रकमको ५० प्रतिशत रकम बराबरको खाद्यान्न सामग्री लकडाउनका कारण समस्यामा परेका परिवारलाई हस्तान्तरण गरेकी हुन् । विभागीय नेपाल पुलिसकी एलिनाले सागमा टेबल टेनिसतर्फ महिला टिम इभेन्ट्समा कांस्य जितेकी थिइन् । नेपाल सरकारले टिम इभेन्ट्समा कांस्य जित्ने खेलाडीलाई जनही २ लाख नगद दिने घोषणा गरे अनुसार उनले वैशाखको पहिलो साता उक्त रकम प्राप्त गरकी थिइन् ।
एलिनाले सोही पुरस्कारबाट एक लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री काठमाडौं महानगरपालिका वडा नम्वर १७ का विपन्न परिवारलाई हस्तान्तरण गरेकी हुन् । उनले चामल, दाल, चिउरा, नुन र तेल दुई सय घर परिवालाई हस्तान्तरण गरेकी हुन् । एलिनाले वडा नम्वर १७ को स्वीकृतिमा वडाका सदस्यहरु समेत राखेर वडाले संकलन गरेको तथ्यांकको आधारमा राहत सामग्री वितरण गरिएको बताइन् ।
साभार : नेपाल समाचारपत्र
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















