Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याणबाट हेटौंडा-६ वडा कार्यालयलाई आर्थिक सहयोग

Janakalyan-1588658289.jpg

२३ बैशाख, हेटौंडा । हेटौडा-६ चौघडा न्यूरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले हेटौंडा–६ नम्बर वडा कार्यालयलाई आर्थिक सहयोग गरेको छ । जनकल्याणले वडा कार्यालयको राहत वितरण कार्यलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले मंगलबार आर्थिक सहयोग गरेको हो । 
संस्थाका अध्यक्ष हिमाल पौडेलले वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई १० हजार रुपैंया हस्तान्तरण गरेका छन् । सहयोग रकम वडाभित्रका लकडाउनका कारण दुई छाक टार्न समस्या परेका ज्यालादारी मजदुर र विपन्न परिवारको राहत वितरणमा खर्चिन संस्थाका अध्यक्ष पौडेलले  वडा कार्यालयलाई आग्रह गरे । वडा कार्यालयले लकडाउन शुरु भएदेखि अहिलेसम्म निरन्तर राहत वितरण कार्य गरिरहेको बताउँदै वडा अध्यक्ष चौलागाईले जनकल्याणको आर्थिक सहयोगले यस कार्यमा थप टेवा पुग्ने बताए । 
रकम हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरु राजकुमार बास्तोला, रामहरी राई, संचारकर्मी भीमसेन पौडेल र स्थानीयको सहभागिता रहेको थियो । हेटौंडा ६ नम्बर वडा कार्यालयले लकडाउन शुरु भएको एक सातादेखि नै राहत वितरण शुरु गरेर चरणबद्ध रुपमा अहिलेसम्म राहत वितरण गरिरहेको छ । नगरपालिकाबाट उपलव्ध राहत वितरणको काम सकेको वडा कार्यालयले विभिन्न दाताहरुबाट प्राप्त राहत सामग्री वितरणका लागि वडा सदस्य रामहरी राईको संयोजकत्वमा समिति गठन गरी राहत वितरण र अनुगमनको काम गरिरहेको वडा अध्यक्ष चौलागाईले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार