Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

शिवम् अगाडि गाडिको चापले स्थानीयलाई समस्या

Shivam-1589013826.jpg

File Photo

२७ बैशाख, हेटौंडा । हेटौंडाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगमा सिमेन्ट लोड गर्न आउने गाडिको चापका कारण स्थानीयलाई समस्या भएको छ ।
उद्योगमा विभिन्न ट्रान्सपोर्टका ट्रक सिमेन्ट लोड गर्न आएर रोकिंदा त्यस क्षेत्रमा ट्रकको संख्या बढेर समस्या परेको हो । ‘बाटोभरी जताततै ट्रक रोकिएको छ, कहाँबाट आउँछन् कहाँ जान्छन्, कुनै परिक्षण छैन ।’–एक स्थानीयले भने–‘यसले गर्दा कोरोना संक्रमणको जोखिम हटियामा बढेको छ यसबारे कसले हेर्ने ?’ उनले समय निर्धारण गरेर सवारीलाई बजारका विभिन्न स्थानमा रोकेर पठाउँदा उद्योगमा गाडिको चाप कम हुने बताए । 
‘एक घण्टामा कतिवटा गाडि लोड हुन्छ त्यति नै संख्याको हाराहारीमा गाडि आउने र जाने व्यवस्था गर्नुपर्यो ।’–अर्का स्थानीयले भने–‘कहिले पालो आउने ठेगान छैन कुरेर बस्ने, चालक सहचालकले जताततै हिडडुल गर्ने, गाडि रोकेर बाटो नै अस्तव्यस्त बनाउने गर्नु भएन ।’ जिल्ला प्रशासन, प्रहरी र ठूला व्यवसायीहरुको मात्रै कुरा सुनुवाई हुँदा स्थानीयको स्वास्थ्यमा खेलवाड भईरहेको स्थानीयले बताए । 
मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले अनावश्यक चहलपहललाई रोक्न उद्योगलाई अवगत गराउने बताए । आफ्नो उद्योगभित्र अट्ने सवारी प्रवेश गराउने, बाहिर भिड नगर्ने र यातायातका कर्मचारीलाई पनि उद्योगभित्र राख्ने वातावरण बताउन उद्योगलाई निर्देशन दिने उनले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार