Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कोरोना बीमालाई निरन्तरता दिने बीमा समितिको निर्णय

1508760003-1591353670.jpg

२३ जेठ, हेटौंडा । बीमा समितिले कोभिड–१९ बीमालेख पुनः विक्री गर्न स्वीकृति दिएको छ ।
गत वैशाख ७ गतेबाट कार्यान्वयनमा आएको कोरोना बीमालेखमा जोखिम बहन गर्ने क्षमता नभएको भन्दै बिहीबार स्थगित गरिएको थियो । 
बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना बीमा बजेटमा समावेस गरिएको र राष्ट्रिय महत्वको कार्यक्रम समेत भएकोले केही परिमार्जन गरी पुनः विक्री गर्न स्वीकृति दिइएको बताए । 
उनले बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा समिति र नेपाल सरकार समेत गरी संयुक्त रुपमा बीमालेखलाई अगाडी बढाउने सहमति भए अनुसार बीमालेखलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए । 
अध्यक्ष चापागाईंले अव जारी गरिने कोरोना बीमालेख अनुसार २०७७ चैत मसान्त सम्मको मात्रै जोखिम बहन हुने उल्लेख गर्दै यससँगै आजदेखि बीमालेख खरिद गर्नेको आगामी चैत मसान्त सम्मका लागि मात्रै बीमा हुने छ । 
यस अघि जारी भएका बीमालेखहरुमा भने खरिद गरेको मितिले १ वर्षको समय सम्मको जोखिम बहन हुने उनले बताए ।
बीमा शुल्क जम्मा भए अनुसार बीमा पुल मार्फत दायित्व भुक्तानी हुने छ । त्यसपछि मात्रै नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र सरकारले समेत व्यहोर्ने गरी बीमालेख जारी गरिएको हो । 
नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले १ अर्ब रुपैयाँ सम्मको जोखिम बीमा संस्थाहरुबाट हुने बताउनुभयो । त्यस्तै पुनर्बीमा कम्पनीले १ अर्ब रुपैयाँ जोखिम बहन गर्ने छ । त्यसपछिको ५० करोड बराबरको जोखिम बीमा कम्पनीहरुको रिजर्भमा रहेको रकमबाट बहन हुने छ भने बाँकी जोखिम बीमा समिति र नेपाल सरकारले बहन गर्ने सहमति भए अनुसार पुनः जारी गरिएको अध्यक्ष पाण्डेले बताए ।
बीमा समितिले बीमाङ्क रकमको आधारमा ‘क’ र ‘ख’ वर्ग निर्धारण गरी घातक रोग सरहको बीमालेख अनुसार हुनेगरी कोभिड–१९ बीमालेख जारी गर्ने व्यवस्था गरेको थियो । 
‘क’ वर्गको बीमालेखमा १ लाख रुपैयाँको बीमाङक रकम हुने र उक्त बीमाका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ र परिवार वा समूहको बीमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले बीमा शुल्क लाग्ने छ । 
यस्तै ‘ख’ वर्गकोमा बीमाङक रकम ५० हजार रुपैयाँ तोकि प्रति व्यक्ति ५ सय रुपैयाँ र परिवार वा समुहको बीमा गर्दा प्रति व्यक्ति ३ सय रुपैयाँका दरले बीमा शुल्क लाग्ने छ । 
यस्तै क्षतिपूर्ति दाविका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा गर्नुपर्ने छ भने भुक्तानी दावीका लागि पीसीआर प्रविधिबाट गरिएको रिपोर्टमा कोरोना पोजेटीभ हुनुपर्ने छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार