१३ साउन, हेटौँडा । हेटौँडा खानेपानी बोर्डले आफ्नो सेवा क्षेत्रमा दैनिक १ करोड ६ लाख लिटर पानी वितरण गरेको जनाएको छ । बोर्डले विहिबार पत्रकार सम्मेलनमार्फत बार्षिक प्रगति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
बोर्डले नगरका पुराना वडा र थपिएका १६, १७, १८ र १९ नम्बर वडाका ८२ हजार जनसंख्यालाई खानेपानी उपलव्ध गराएको निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले बताए । १२ हजार २ सय २३ धाराबाट दैनिक सरदर ६ घण्टा पानी वितरण भईरहेको उनको भनाई छ । हेटौँडा–१६ मयुरधापमा रहेको मयुरधाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १ करोड ६३ लाख लागतको खानेपानी योजना समेत आव २०७२÷०७३ मा बोर्डमा हस्तान्तरण भएको छ ।
सामरी खोला किनारमा ३५ सय लिटर प्रति मिनेट पानी उत्पादन गर्न सक्ने नयाँ सम्व वेल र बुङदल मुहानको स्तरोन्नति गरेपछि विगत जस्तो बर्षायाममा धमिलो पानी आउने समस्या अन्त्य भएको बोर्डको दावि छ । बोर्डले अहिले भईरहेको २६.०७ प्रतिशत चुहावटलाई घटाउने लक्ष्य राखेको अध्यक्ष प्रताप विष्टले बताए । यसलाई २५ प्रतिशतमा झार्नका लागि चुहावट नियन्त्रण, छलि धारा निरुत्साहित गर्न नियमित अनुगमन गर्ने र यस्ता कार्य नियन्त्रणबाट प्राप्त जरिवानको २० प्रतिशत सम्बन्धित कर्मचारीलाई प्रोत्साहन स्वरुप उपलव्ध गराउने उनले बताए ।
बोर्डले आत्तकालिन स्थतिको निम्ति विलिङ रकमको १.५ प्रतिशत जगेडा कोषमा जम्मा गर्ने योजना बनाएको छ । पत्रकार सम्मेलनमा बोर्डका सदस्य इन्द्र नेपाल र कृष्ण धितालको सहभागिता रहेको थियो ।
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...
५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १को विकट मानिएको घ्याङ्सिङटार जोड्ने...
५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...
५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र...
५ जेठ, हेटौंडा। मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...
५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस भएका...
४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...