१० असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैंयाको बजेट ल्याएको छ । उपमहानगरपालिकाको सातौँ नगरसभामा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैंया बजेट विनियोजन गरेकी हुन् ।
बजेटमा पुर्वाधार विकास तर्फ ९७ करोड ९८ लाख ३९ हजार, आर्थिक विकास तर्फ ६ करोड ५३ लाख, सामाजिक विकास तर्फ ७२ करोड ७४ लाख ७९ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ४ करोड ७१ लाख १९ हजार र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन तर्फ ३ करोड ५४ लाख विनियोजन गरिएको छ ।
उपमहानगरले आन्तरिक श्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ, राजश्व बाडफाड बाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार तथा संघीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख र असार मसान्तसम्म खर्च नभइ बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैयाँबाट खर्च व्यहोर्ने लक्ष्य राखेको छ ।
उपमहानगरका नागरिक कोरोना भाइरस संक्रमण भई मृत्यु भएको अवस्थामा मृतक परिवारलाई ३ लाख रुपैंया उपलव्ध गराउने जनाईएको छ । विद्यालयको भौतिक पूर्वाधार विकासका लागि २ करोड ३५ लाख, कोरोना उपचार कोषका लागि २ करोड ५० लाख, शहरी स्वास्थ्य केन्द्रका लागि १ करोड ८५ लाख रुपैंया विनियोजन भएको छ । सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क सेनेटरी प्याड वितरणका लागि १ करोड ३ लाख रुपैंया विनियोजन भएको छ ।
उपमहानगरले
७ औ नगरसभा मार्फत अग्रज पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष नवराज शर्मा,विकास पत्रकारिता पुरस्कारबाट पत्रकारहरु प्रकाश दाहाल,सुवास बिडारी, सुदिप शिवाकोटी, सरिता दाहाल सुरेश श्रेष्ठ र कृृृष्णा उदास खनाल सहित विभिन्न महानुभाव र सेवानिवृत भएका कर्मचारीलाई सम्मान गरेको थियो । कार्यक्रम बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







