Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौँडा उपमहानगरपालिकाको बजेट २ अर्ब ८ करोड

HNP-1592976462.jpg

१० असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैंयाको बजेट ल्याएको छ । उपमहानगरपालिकाको सातौँ नगरसभामा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैंया बजेट विनियोजन गरेकी हुन् । 
बजेटमा पुर्वाधार विकास तर्फ ९७ करोड ९८ लाख ३९ हजार, आर्थिक विकास तर्फ ६ करोड ५३ लाख, सामाजिक विकास तर्फ ७२ करोड ७४ लाख ७९ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ४ करोड ७१ लाख १९ हजार र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन तर्फ ३ करोड ५४ लाख विनियोजन गरिएको छ । 
उपमहानगरले आन्तरिक श्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ, राजश्व बाडफाड बाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार तथा संघीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख  र असार मसान्तसम्म खर्च नभइ बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैयाँबाट खर्च व्यहोर्ने लक्ष्य राखेको छ । 
उपमहानगरका नागरिक कोरोना भाइरस संक्रमण भई मृत्यु भएको अवस्थामा मृतक परिवारलाई ३ लाख रुपैंया उपलव्ध गराउने जनाईएको छ । विद्यालयको भौतिक पूर्वाधार विकासका लागि २ करोड ३५ लाख, कोरोना उपचार कोषका लागि २ करोड ५० लाख, शहरी स्वास्थ्य केन्द्रका लागि १ करोड ८५ लाख रुपैंया विनियोजन भएको छ । सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क सेनेटरी प्याड वितरणका लागि १ करोड ३ लाख रुपैंया विनियोजन भएको छ । 
उपमहानगरले

७ औ नगरसभा मार्फत अग्रज पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष नवराज शर्मा,विकास पत्रकारिता पुरस्कारबाट पत्रकारहरु प्रकाश दाहाल,सुवास बिडारी, सुदिप शिवाकोटी, सरिता दाहाल सुरेश श्रेष्ठ र कृृृष्णा उदास खनाल सहित विभिन्न महानुभाव र  सेवानिवृत भएका कर्मचारीलाई सम्मान गरेको थियो । कार्यक्रम बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार