१५ असार,हेटौँडा। असार २ गते हेटौँडा ४ कर्रा सुर्यचोकमा आफ्नै घरको भान्छाकोठामा मृत अबस्थामा फेला परेकि २६ बर्षीया सुस्मिता केसी(क्षेत्री)को हत्या अभियोगमा मकवनपुर प्रहरीले ४ जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ।
हत्या अभियोगमा पक्राउ पर्नेमा मृतकि ससुरा ५८ बर्षीय प्रकाश थापा,सासु ५० बर्षीया तुलसा थापा, नन्दहरू २७ बर्षीया दुर्गा थापा,२३ बर्षीया सिता थापा रहेका छन्।
यसरी भएको थियो घटना ( मकवनपुर प्रहरी विवरण जस्ताको त्यस्तै)
सुुुुस्मिता क्षेत्रीको हत्या काण्ड
• मिति २०७६।०१।१८ गते स्व. रूपेन्द्र थापा र मृतक सुस्मिता क्षेत्री थापा बीच विवाह सम्पन्न भएको ।
• मिति २०७६।०६।२३ गते कपिलवस्तु स्थित ससुरालीबाट मोटरसाइकलबाट फर्कने क्रममा नवलपरासीको दाउन्नेमा रूपेन्द्र थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको ।
घटना विवरणः
मिति २०७७।०३।०२ गते विहान अं. ०६:२० बजेको समयमा जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.वडा नं. ४ कर्रा स्थित सुर्य चोक बस्ने वर्ष २४ की सुस्मिता क्षेत्री थापा आफ्नै घरको भान्सा कोठा भित्र मृत अवस्थामा फेला परेको भनी व.प्र.का. हेटौंडामा खबर प्राप्त भएको ।
• तत्काल व.प्र.का. हेटौडाबाट घटनास्थल सुरक्षार्थ प्रहरी अधिकृत सहितको टोली खटी विहान ०६:३० बजे पुगेको ।
• जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्र.ना.उ. ईन्द्र बहादुर रानाको कमाण्डको प्रहरी टोली घटनास्थलमा खटी गएको तथा सो घरको भान्छा कोठाभित्र मृतक लाश रही ढोकाको चुकुल भित्रबाट बन्द रहेको भन्ने जानकारी प्राप्त ।
• माईती पक्षलाई खबर ।
• कार्यालय प्रमुख प्र.उ. सुशील सिंह राठौर हेटौंडा अस्पतालको MEDICAL LEGAL तालिम प्राप्त डाक्टरलाई साथमा लिई घटनास्थलमा पुग्नु भएको ।
• दिउँसो अन्दाजी १४:०० बजे माईती पक्ष (मृतकको बुबा समेत) घट्नास्थलमा पुगेको ।
• स्थानीय जनप्रतिनिधी र माईती पक्षको रोहबरमा प्रहरीले ढोका फोरी हेर्दा मृतक सुस्मिता क्षेत्री थापाको शव उत्तानो अवस्थामा टाउकोमा चोट लागी रगत बगेको अवस्थामा फेला परेको ।
• घटनास्थलमा तालिम प्राप्त कुकुरलाई लगी अनुसन्धान गरिएको ।
• घटनास्थल तथा लाशजाँच प्रकृती मुचुल्का लगायतको कार्य सम्पन्न गरेको ।
• मृतकको माइती पक्ष अर्थात पीडित पक्ष यस कार्यालयमा उपस्थित भई ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दरखास्त दिएको ।
• प्र.ना.उ. ईन्द्र बहादुर रानाको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको ।
• पोष्ट मार्टम पश्चात मृतक सुस्मिता क्षेत्री थापाको शव निजको ससुरा प्रकाश थापाले बुझी लिएको ।
• मिति २०७७।०३।०४ गते हेटौंडा अस्पतालको पत्र साथ पोष्टमार्टम रिपोर्ट प्राप्त भएको ।
• मृतकका ससुरा प्रकाश थापा, नन्द सिता थापा, सासु तुलसा थापा र जेठी नन्द दुर्गा थापा कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको ।
घटना हुनुका कारणहरूः
मानसिक यातनाः
• स्व. रूपेन्द्र थापाको ससुरालीबाट घर फर्कने क्रममा मिति २०७६।०६।२३ गते सवारी दुर्घटनामा परी मृत्यु भए पश्चात रूपेन्द्र थापाको श्रीमती मृतक सुस्मिता क्षेत्री थापाको कारणले रूपेन्द्र थापाको मृत्यु भएको भनी परिवारका सदस्यहरूबाट पटक पटक आक्षेप लगाई मानसिक तनाव दिने गरेको ।
यौन जन्य कारणः
• ससुरा प्रकाश थापाबाट बुहारी मृतक सुस्मिता क्षेत्री थापालाई बाथरूममा जबर्जस्ती करणी उद्योग गरेको ।
आर्थिक कारण:
(क) मृतक सुस्मिता क्षेत्री थापाको श्रीमान रूपेन्द्र थापाको सवारी दुर्घटनाबाट मृत्यु पश्चातको क्षतिपूर्ति वापत पाउने रू. ५,००,०००।- (पाँच लाख) हकवाला मृतक सुस्मिता क्षेत्री थापाले प्राप्त गरेको सो सम्बन्धमा घर पक्षले हामीले पाउनुपर्छ भनी विवाद सृजना गरेको ।
(ख) स्व. रूपेन्द्र थापाले काम गर्ने (CSI) क्लोजर सिस्टम इन्टरनेशनल नेपाल प्रा.लि. हेटौंडाबाट निजको मृत्यु पश्चात पाउने बिमा, बोनस, तलब भत्ताको बाँकी रकम वापत एकमुष्ठ रू. ३८,२८,४७२।- (अठतीस लाख अठ्ठाइस हजार चार सय बहत्तर) भुक्तानी लिने विषयमा हकवालाहरू बाबु प्रकाश थापा, आमा तुलसा कुमारी थापा र श्रीमती सुस्मिता क्षेत्री थापा बीच विवाद भएको कारण हालसम्म भुक्तानी हुन नसकेको ।
(ग) सामाजिक सुरक्षा कोषबाट मिति २०७६ साल कार्तिक महिना देखि मिति २०७७ सालको बैशाख महिना सम्म मासिक रु. १७,१००।– को दरले रु. १,७७,९४८।– रकम मृतक सुस्मिता क्षेत्रीको ग्लोबल आई.एम.ई. बैंक हेटौडाको खाता नं. ४६०७०१०००४४३३ मा अन लाईन पेमेन्ट भएको ।
(घ) नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडबाट स्व. रुपेन्द्र थापाको रु. १०,००,०००।- को बचत अमृत सावधिक जीवन बिमालेख दाबी भुक्तानी बापतको रू. १०,६३,९१४।- (दश लाख त्रीसठ्ठी हजार नौ सय चौध) ईच्छाईएको व्यक्ति निजको बुबा प्रकाश थापाले लिई सकेको ।
• मृतक सुस्मिता क्षेत्री थापालाई प्राप्त हुने सबै रकमहरू निकालेर घरमा ससुरालाई दिनुपर्छ भनी मृतक सुस्मिता क्षेत्री थापालाई घर परिवारबाट बारम्बार दवाव दिने गरेको ।
हत्या कसरी भयो ?
मिति २०७७।०३।०१ गते अन्दाजी बेलुकी २१:३० बजेको समयमा मृतकको पारिवारका सदस्यहरू ससुरा प्रकाश थापा र सासु तुलसा थापा बेलुकाको खाना खाई भान्छा कोठाबाट आफ्नो सुत्ने कोठा तर्फ गएको थिए । खाना खानु भन्दा अगाडि ससुरा प्रकाश थापाले रक्सी खाएका थिए । तत्पश्चात नन्द सिता थापा र मृतक सुस्मिता क्षेत्री थापा भई भान्छा कोठामा खाना खाइरहेका थिए । सुस्मिता क्षेत्री थापा महिनावारी भएकाले भान्छा कोठाको भुईमा बसेर खाना खादै थिइन् । सोही समयमा ससुराले बाहिरबाट काठको लौरो हातमा लिएर भान्छा कोठामा प्रवेश गरी बुहारीको टाउकोमा प्रहार गरे र सुस्मिता भुँईमा लडिन् । नन्द सिता थापाले समेत भाउजु माथि प्रहार गरिन् । तत्पश्चात सुस्मिता क्षेत्री थापाले बचाउ बचाउ भन्ने शब्द निकाले पछि सासु तुलसा थापाले सुनी भान्छा कोठामा आए पश्चात ससुरा र नन्द सिता थापाले सासुलाई भान्छाबाट बाहिर निकाले । त्यसपछि ससुरा र नन्द सिता थापा मिली पटक पटक काठको लौरो र ढुङ्गाको लोहोरोले निर्ममता पूर्वक सुस्मिता माथि प्रहार गरी हत्या गरे र निजको मृत्य पश्चात सासु तुलसा थापा भित्र आई फुटेको सिसाको कचौराको टुक्राहरू जम्मा गरी प्लास्टिकको झोलामा हाली बाहिर भान्छा कोठाको अगाडिको बरन्डामा राखे पछि सिता थापाले आफ्नी आमालाई लिएर सुत्ने कोठामा लगी हल्ला नगर्न भनिन् । बाबु छोरी मिली घटनास्थललाई आत्महत्या जस्तो देखाउनको लागि सल्लाह गरी भान्छा कोठा भित्र बिग्रिएका सबै चिजबस्तु यथास्थानमा मिलाएर राखी भान्छा कोठामै भएको कपडाको चकटीले मृतकको निधारमा भएको घाउ छोपी विभिन्न स्थानमा लागेका रगतहरू पुछे पश्चात छोरी सिता थापालाई भान्छा कोठाको ढोकाबाट निकाली ससुरा प्रकाश थापाले भित्रबाट भान्छा कोठाको ढोकाको चुक्कुल लगाई भान्छा कोठाको पछाडिको आल्मुनियमको स्लाइडिङ झ्यालबाट बाहिर निस्की बाहिरबाट उक्त झ्याल पूर्णरूपमा बन्द गरी ढलानको टप हुँदै सुरक्षित रूपमा अगाडिको बरन्डामा आई भान्छा कोठाको अगाडिको बरन्डामा राखेको फुटेको सिसाको टुक्राहरू राखेको प्लास्टिकको झोला र काठको लौरो घर पछाडिको मकैबारीमा फाले । त्यस पछि बाबु छोरी दुवै जनाले रगत लागेका कपडाहरू धोई पखाली आ-आफ्नो शरीरमा लागेको रगत समेत पखाली आ-आफ्नो कोठामा गए । मिति २०७७।०३।०२ गते विहान अन्दाजी ०५:०० बजेको समयमा मूल ढोकाको च्यानल गेट खोली छर छिमेकमा गई बुहारीले भान्छा कोठामा आत्महत्या गरेको भनी जानकारी गराए पश्चात छर छिमेक मार्फत प्रहरीलाई खबर भएको ।
कानुनी प्रावधानः
मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा ४१ –क) बमोजिम क्रुर यातना दिई ज्यान मारेको कसुरमा जीवित रहेसम्म कैद हुने गरी जन्मकैद हुने ।
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...





-1788140988.jpg)












