१६ असार, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदले सरकारले ल्याएको विनियोजन विधेयकको चर्को बिरोध गरेका छन् ।
संसदमा विधेयकमाथि छलफल गर्दै उनीहरूले विनियोजन विधेयकको विरोध गरेका हुन् ।
बैठकमा सांसद छिरिङदोर्जे लामाले मूख्यमन्त्री कार्यालयको बजेटमा भवन मर्मत सम्भार शिर्षकमा ५ करोड छुट्याए पनि कुन भवन उल्लेख भएको भन्दै कसको भवन भनेर प्रश्न गरे । उनले सडक फराकिलो पार्ने क्रममा मूख्यमन्त्रीको घर पुनर्निर्माण गर्ने भए खुलाउन आग्रह गरे ।
सांसद निमा लामाले मूख्यमन्त्री कार्यालयको बजेटमा अतिथि सरकार र राजकीय सम्मान शिर्षकमा २० लाख बजेट राखेको प्रति आपत्ति जनाउँदै राजा नै नभएको बेला के को राजकीय सम्मान भन्दै प्रश्न गरे ।
सांसद न्हुक्षेनारायण श्रेष्ठले बजेट नेता र मन्त्रीमुखी भएको र संसदमा छलफल नहुँदै मन्त्रीका स्वकीय सचिवले योजना फेसबुकमा सार्वजनिक गरेको प्रति आपत्ति जनाए । सांसद बलराम पौडेलले समानुपातिक सांसदलाई उपेक्षा गरेको गुनासो गरे । सांसद मिलनबाबु श्रेष्ठले कोरोनाको जोखिम रोक्न फजुल खर्च कटौती गरेर पिसिआर कीट खरिद गर्नुपर्नेमा बजेटले त्यसलाई सम्बोधन नगरेको बताए ।
सांसद पुकार महर्जनले बजेट मैले ल्याएको भन्दै सांसदहरू गाउँगाउँमा हिडिरहेको बताउँदै बजेट नेताको दाइजो हो भन्दै प्रश्न गरे । ५ लाखसम्मको टुक्रे योजना ल्याएर बजेट मन्त्रीमुखी र चुनावमुखी भएर सरकारले ल्याएको भन्दै विरोध गरे ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















