Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेकपा अध्यक्ष पुष्पकमलद्वारा स्थायी समिति सदस्यहरुसँग छलफल

prachanda-copy-1593673645.jpg

१८ असार, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको स्थायी समिति सदस्यहरुसँग छलफल गरेका छन् ।
बिहीबार विहान आफ्नै निवास खुमलटारमा अध्यक्ष दाहालले नेताहरुसँग छलफल गरेका हुन् ।
पछिल्लो समय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीका शीर्ष नेताहरु असन्तुष्ट रहेका छन् । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेताहरु परामर्शमा जुटेका हुन् ।
मंगलबार र बुधबारको स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद सतहमा आएको हो ।
बुधबार विहान ओलीले मन्त्रीमण्डलका केही सदस्य र आफ्नो पक्षका नेताहरुसँग छलफल गरेपछि साँझ अध्यक्ष दाहाल र नेपाल पक्षका नेताहरुको समेत छुट्टै बैठक बसेको थियो ।
दाहालले आफ्नो निवासमा स्थायी समिति सदस्यहरुलाई आज विहान छलफलका लागि बोलाएपछि ओली पक्षका नेताहरु समेत सहभागि भएका थिए ।
छलफलमा सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्यहरु रघुविर महासेठ, वर्षमान पुन, सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे, पम्फा भूसाल लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार