Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशतले शेयर बजार घट्यो

nepal-share-market-1593676088.jpg

१८ असार, हेटौंडा । बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ ।
बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात ८० दशमलव ४१ अंकले घटेर नेप्से १ हजार २ सय ५६ दशमलव ११ अंकमा बन्द भएको हो ।
सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २७ प्रतिशत अर्थात १७ दशमलव ९९ अंकले घटेर २ सय ६९ दशमलव ०३ अंकमा बन्द भएको छ ।
आज १ सय ४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको १ लाख ६१ हजार ८ सय ९० कित्ता शेयर खरिद विक्री भएको छ ।
बजार खुलेको ३ मिनेटसम्म केही बढेको नेप्से त्यसपछि लगातार घट्दै ११ बजेर २३ मिनेटमा पहिलो सर्किट लागेको थियो ।
त्यस पछि २० मिनेटका लागि कारोबार बन्द भएको थियो । दोस्रोपटक खुलेको बजारमा ११ बजेर ४७ मिनेट जाँदा फेरी ५ प्रतिशतले नेप्से घटेपछि दोस्रोपटक पुनः सर्किट ब्रेक लागेको थियो ।
फेरी १२ बजेर २८ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेटमा पुग्दा ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार बन्द भएको हो ।
सोमबार देखि खुलेको बजार सोमबार केही अंकले घटेको थियो भने मंगलबार र बुधबार बढ्दो क्रममा सर्किट लागेर कारोबार बन्द भएको थियो ।
तर बिहीबार भने लगातार घट्दो क्रममा तीन पटक सर्किट लागेर आजका लागि कारोबार बन्द भएको छ ।
बाजरमा कारोबारमा आएका समूह मध्ये म्यूचुअल फण्ड बाहेकका सबै समूहका सूचकहरु घटेका थिए । बैंकिङ समूह ७ दशमलव ४३ प्रतिशतले घटेको छ ।
जीवन बीमा ७ दशमलव ६७ प्रतिशत घटेको छ । होटल समूहमा भने सबैभन्दा धेरै ८ दशमलव ६९ प्रतिशतले गिरावट आएको छ ।
सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यि दुवै कम्पनीको ६ करोड रुपैयाँ भन्दा धेरैको शेयर कारोबार भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार