१९ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुले मूख्यमन्त्री डोरमणि पौडेलको राजिनामा माग गरेका छन् । हेटौंडामा चारसम्म चलेको नेकपा संसदीय दलको बैठकमा असन्तुष्टी पोख्दै सांसदहरुले संसदीय दलका नेता समेत रहेका मूख्यमन्त्री पौडेलको राजिनामा माग गरेका हुन् ।
सांसदहरुले सरकार संचालन प्रभावकारी नभएको, बजेट कार्यान्वयनमा असफल भएको, आगामी आर्थिक बर्षको बजेट समेत मूख्यमन्त्री र मन्त्रीमुखी भएको लगायतका आरोप लगाउँदै राजिनामा मागेका छन् । ‘सरकारको कार्यसंचालन प्रभावकारी नभएको र जनताको अपेक्षा पुरा नभएको कुरा सांसदहरुले उठाउनु भयो’–एक सांसदले भने–‘यस्तो अवस्थामा मूख्यमन्त्रीले सरकारको नेतृत्व गर्ने नैतिक धरातल गुमाउनुभयो भन्ने सांसदहरुको भनाई हो ।’ उनले केही सांसदहरुले राजिनामा दिएर मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई बैठकमा सुझाव दिएको बताए ।
पार्टीको घोषणापत्र अनुसार समाजबाद उन्मूख बजेट निर्माणमा सरकार असफल भएको भन्दै सांसदहरुले सरकारको बिरोध गरेको नेकपाका सांसद पशुपति चौलागाईले बताए । ‘सरकार प्रभावकारी संचालनमा ध्यान दिन नसकेको स्पष्ट पारेका हौं, राजिनामा विषय केही साथीहरुले उठाउनु भयो तर अहिले नै त्यसतर्फ हाम्रो ध्यान छैन ।’–उनले भने । बैठकमा मूख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरुले बजेटमा छुटेका विषयलाई समेटेर लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए । बैठक बिहिबार सकिएको छ ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















