Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आफ्नो पक्षमा आन्दोलन चर्काउन ओलीले दिए युवा विद्यार्थीलाई निर्देशन

Oli-1593751132.jpg

File Photo

१९ असार, काठमाडौँ । पार्टीमा आफूविरुद्ध मोर्चाबन्दी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सडक आन्दोलन चर्काउन युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।
बिहीबार राति ११ बजेतिर प्रधानमन्त्री ओलीले आफू निकट युवा विद्यार्थी नेताहरुलाई बालुवाटार बोलाएर सरकारको पक्षमा देशव्यापी आन्दोलन चर्काउन निर्देशन दिएका हुन् । प्रचण्ड नेपाल समूहले स्थायी समितिमा शक्ति प्रदर्शन गर्दै आफूविरुद्ध मोर्चाबन्दी गरेपछि ओलीले सडक आन्दोलन चर्काउने बाटो रोजेका हुन् ।
पार्टीभित्र अल्पमतमा रहेका ओलीले सरकारमाथि संकट गहिरिँदै गएपछि युवा विद्यार्थीहरुलाई उकासेका हुन् । केपी ओलीको मध्यरातको निर्देशनपछि युवा विद्यार्थीहरुले देशव्यापी आन्दोलन चर्काउने तयारी थालिसकेका छन् । बिहीबार बिहान पनि काठमाडौँको माइतीघरमा ओली सरकार ढाल्न नपाइने भन्दै प्रदर्शन भएको थियो । प्रधानमन्त्री ओलीले प्रदर्शनलाई काठमाडौँमा मात्र सीमित नगरी देशव्यापी बनाउन निर्देशन दिएको श्रोतले बताएको छ ।
स्थायी समितिमा आफूविरुद्ध मोर्चाबन्दी भए पनि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट पछि नहट्ने अडान लिएका छन् । तर दाहाल नेपाल समूहले ओलीलाई जसरी पनि राजीनामा दिन बाध्य पार्ने रणनीति लिएका छन् । हालै प्रधानमन्त्री ओलीले भारतले आफूलाई पदबाट हटाउन षडयन्त्र गरिरहेको र नेपालका नेताहरुले पनि उक्त षडयन्त्रमा साथ दिइरहेको बताएपछि नेकपामा विवाद चुलिएको हो ।
आफूहरुलाई ओलीले भारतीय एजेन्टको आरोप लगाएको भन्दै स्थायी समिति बैठकमा नेताहरुले उनको राजीनामा मागेका हुन् । विवादले चर्को रुप लिएपछि पार्टी फुटको संघारमा पुगेको छ । दाहाल नेपाल समूहको बैठकमा ओलीलाई हटाउन खोज्दा पार्टी फुटको संघारमा पनि पुग्न सक्नेबारे लामो बहस चलेको थियो ।
(देशसंचार)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार