Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

भ्रमण खर्च उपशिर्षकमा योजना, ९ अर्ब ७० करोड आर्थिक अनुशासन विपरित : तमाङ

20200703_170905-1593775687.jpg

१९ असार, हेटौंडा । बागमती प्रदेश सरकारले भ्रमण खर्च उपशिर्षकमा ९ अर्ब बढि रकम राखेको भन्दै संसदमा औचित्य पुष्टि गर्न प्रदेश सांसद प्रभात तमाङले चुनौती दिएका छन् । 
बिनियोजन बिधेयक माथिको छलफलको क्रममा उनले विशिष्ट व्यक्तिको भ्रमण खर्च उपशिर्षक, प्रतिनिधि मण्डलको भ्रमण खर्च उपशीर्षक र अर्थ विविध शीर्षकमा विभिन्न योजनाको नाम र रकम राखेको भन्दै औचित्य पुष्टि गर्न आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई चुनौती दिएका हुन् । 
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद तमाङले  मन्त्री ढुंगेललाई विनियोजित बजेट रकम ९ अर्ब ८० करोड ७९ लाख रकम सरकारको आर्थिक संकेत उपशीर्षक नम्बर ६०२०००११ विशिष्ट व्यक्तिको भ्रमण खर्च र ६०२०००१२ प्रतिनिधि मण्डलको भ्रमण खर्च शीर्षक रहेको र यो उपशीर्षकबाट विनियोजित भिमफेदी कुलेखानी सुरूङमार्ग लगायतका ठुला आयोजनाहरु हजूवा तालमा ल्याएको र यसको औचित्य पुष्टि गर्न चुनौती दिंदै पुरक प्रश्न राखेका थिए । 
उनले अर्थ विविध शीर्षक अन्तर्गत विनियोजन बजेट पुरै गलत भएको भन्दै ठीक छ भनि पुस्टि गर्न आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेल र मुख्यमन्त्री डोरमणी पौडेललाई प्रश्न गरेका थिए । तर आर्थिक मामिला मन्त्री र मुख्यमन्त्रीले प्रश्नको जबाफ दिन नसकेपछि साैसद तमाङले पुनः सभमुखसंग समय मागेर गलत तारिकाबाट आएको बजेट शीर्षकको पुष्टि नगरी पारित गर्दा ९ अर्ब ३८ करोड ७९ लाख नमिलने देखिने हुँदा जनता र सांसदलाई गुमराहमा राखेर हुबहु बजेट पारित गरिनु हून्न भन्ने प्रश्नमा राखेका थिए । तर सभामुख सानुकुमार श्रेष्ठले प्रश्न माथी पुनः प्रश्न गर्न नमिल्ने बताएका थिए ।
तमाङले यो आर्थिक ऐेन विपरीत हुने गरि आएको बजेट यहि ढंगले खर्च गरे आर्थिक अनुशासन उल्लंघन हुने र सरकार नीतिगत भ्रष्टाचारमा जुटेको प्रष्ट हुने प्रतिक्रिया दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बेलचोक टोल विकासबाट शान्तिटोलको भ्रमण
Screenshot_20260516_16511-1778929605.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाको चितवनको एक टोल विकास संस्थाले अवलोकन भ्रमण गरेको...

उपराष्ट्रपति र इजरायली राजदूतबीच भेटवार्ता
vet_N5Vvq6UnNw-1778894163.jpg

२ जेठ, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासलबीच भेटवार्ता...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1778893337.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र...

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg