सांकेतिक तस्विर
२३ असार, हेटौंडा । हेटौंडामा पूर्वएमालेको काउन्टरमा पूर्व माओवादीले मंगलबार नेकपा मकवानपुर पार्टी कार्यालय घेर्ने भएको छ ।
पूर्वएमालेको एक खेमाले सोमबार ओलीको पक्षमा हेटौंडामा र्याली निकालेपछि रुष्ट पूर्वमाओवादी पक्षधरले नीति र विधि प्रधान पार्टी निमार्णका लागि भन्दै 'एकताका लागि दबाब अभियान, मकवानपुर' को नाममा दवाबमुलक कार्यक्रम गर्न लागेका छन् ।
उनीहरूले विहान ११ बजे पार्टी कार्यालयमा उपस्थित हुन आह्वान गरि सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन् । प्रचार सामग्री कुनै नेताको फोटो देखिंदैन । अहिलेसम्म पूर्वएमालेकै ओलि इतर खेमाको यसमा समर्थन छ वा छैन स्पष्ट भएको छैन । यसको प्रचार अहिलेसम्म पूर्वएमालेको माधवकुमार नेपाल खेमाले गरेको पाइएको छैन ।
उसो त ओली-प्रचण्ड 'जुंगा'को लडाइँमा नेपाल खेमाका जिल्ला तहका नेता कार्यकर्ताले करिव मौन बस्ने रणनीति लिएको देखिन्छ । पूर्वएमालेको ओली निकट विद्यार्थी र युवाहरूले उनको समर्थनमा सोमबार हेटौंडाको बुद्धचोकमा 'कम्युनिष्ट युवा बिद्यार्थी मकवानपुर ' को व्यानरमा प्रदर्शन गरेका थिए । व्यानरमा ओलीको फोटोमात्रै थियो ।
केही नेकपा नेता भने दुबै पक्षको अहिलेको गतिविधिले एकता नभई फुटलाई बल पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 'जिवन्त पार्टीमा यस्ता समस्या आइरहन्छ र समाधान पनि हुन्छ'-एक नेताले भने-'यस्तो गतिविधिले पछिसम्म मनमुटावको अवस्था सिर्जना गर्छ ।' यसले पार्टी अझै नामले मात्रै मिलेको सन्देश जाने भन्दै पार्टीका शुभेच्छुकले सामाजिक सञ्जालमा दुबै पक्षलाई संयमताका लागि आग्रह गरिरहेका छन् ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















