Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

हेटौंडामा नेकपा नेता कार्यकर्ताले पार्टी कार्यालय घेरी केन्द्रिय सदस्यलाई ज्ञापनपत्र बुझाए (तस्बिरहरु)

20200707_123708-1594105007.jpg

२३ असार, हेटौंडा । नीति र विधि प्रधान पार्टी निर्माणका लागि भन्दै हेटौंडामा पूर्वमाओवादीका नेता कार्यकर्ताले मंगलबार नेकपा मकवानपुर पार्टी कार्यालयमा घराउ गर्नुका साथै केन्द्रीय सदस्य मार्फत पाटी केन्द्रीय कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । उनिहरुले नेकपा मकवानपुर सचिव प्रेम बहादुर पुलामी मार्फत केन्द्रीय सदस्य कुमारी मोक्तानलाई ज्ञापन पत्र बुझाएका हुन्। 

हेटौंडा–५ पुष्पलाल पार्क अगाडि रहेको नेकपा पार्टी कार्यालयमा पूर्वमाओवादी निकट नेता कार्यकर्ताहरुले धर्ना दिएका हुन् । उनीहरुले पार्टी विधिसम्बत ढंगबाट संचालन हुनुपर्ने माग राखेका छन् । कार्यक्रममा  नेकपाका मकवानपुर जिल्ला सचिवालय सदस्य जग्गनाथ पाण्डे सहित  पुर्व माओवादीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । उनीहरुले 'फुटवादीहरु होसियार', 'व्यक्ति होइन निति प्रधान पाटी निर्माण गरौ', 'पाटी बैठकमा मन माझामाझ गर ,बाहिरको तमासा बन्द गर' जस्ता नारा लगाएका थिए ।पछिल्लो राजनैतिक घटना क्रममा नेकपा दुई खेमामा विभाजन भएको छ । पूर्वएमालेको अध्यक्ष केपि शर्मा ओली निकट खेमाले सोमबार ओलीको पक्षमा हेटौंडामा र्याली निकालेपछि रुष्ट पूर्वमाओवादी पक्षधरले मंगलबार पार्टी कार्यालयमा प्रर्दशन गरेको हो । पूर्वएमालेको ओली निकट विद्यार्थी र युवाहरूले उनको समर्थनमा सोमबार हेटौंडाको बुद्धचोकमा ‘कम्युनिष्ट युवा बिद्यार्थी मकवानपुर’ को व्यानरमा प्रदर्शन गरेका थिए भने मंगलबार पूर्वमाओवादी पक्षकाले ‘एकताका लागि दबाब अभियान, मकवानपुर’ को व्यानरमा प्रर्दशन गरेका छन् ।

20200707_123745-1594105009.jpg
20200707_123728-1594105067.jpg
20200707_123805-1594105067.jpg
20200707_123820-1594105098.jpg
20200707_123833-1594105099.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg