३१ असार,हेटौँडा । जिल्ला अदालत मकवानपुरले हेटौंडा–४ कर्रा सुर्यचोककी २६ बर्षीया सुस्मिता थापाको हत्या अभियोगमा संलग्न भएका ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ ।
बुधबार जिल्ला अदालत मकवानपुरका न्यायाधीस सिता शर्मा अधिकारीको एकल इजलासले सुस्मिताको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । मंगलबार थुनछेक बहस सकिएपनि समय अभावले आदेश भने आजलाई सारिएको थियो।
हत्या अभियोगमा पक्राउ परेका सुस्मिताका ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापा, सासु ५० बर्षीया तुलसा कुमारी थापालाई अर्की नन्द २७ बर्षीया दुर्गा थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले बताएका छन।
हत्यामा संलग्न ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापालाई आजीवन कैद सजायको माग दाबी गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले आइतबार जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । त्यसैगरी घटनाको मतियारको रुपमा सासु तुलसी कुमारी थापालाई १२ बर्ष जेल सजायको माग गर्दै,अर्की नन्द २७ बर्षीय दुर्गा थापा र उनका पति ३४ बर्षीय अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले आइतबार जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।
मकवानपुर प्रहरीले असार १५ गते कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै हत्यामा संलग्न अभियुक्त मृतककी ससुरा ५८ वर्षीय ससुरा प्रकाश थापा,सासु ५० बर्षीया तुलसा कुमारी थापा,नन्दहरू २७ बर्षीया दुर्गा थापा,२३ वर्षीय नन्द सीता थापालाई सार्वजजिक गरेको थियो भने फरार रहेका दुर्गा थापाकी श्रीमान ३४ बर्षीय अरुण कार्की भने अझै प्रहरी र अदालतको सम्पर्कमा आएका छैनन्।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









