Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कांग्रेस बागमती संसदीय दलद्वारा सिन्धुपाल्चोक बाढिपहिरो पीडितलाई ५ लाख सहयोग

20200715_192900-1594820771.jpg

३१ असार, हेटौंडा । नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेका बाढीपहिरो प्रभावितलाई ५ लाख रुपैंया सहयोग गरेको छ । 

बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढी प्रभावित भोटेकोशी गाउँपालिकाका घरवारविहिन ८० परिवारलाई नगद राहत वितरण गरेको हो । कांग्रेसले प्रतिपरिवार ५ हजार रुपैंयाका दरले ४ लाख रुपैंया प्रभावित क्षेत्रमा वितरण गरेको छ । त्यस्तै, काठमाडौंको ह्याम्स अस्पताल पुगेर ३ जना मृतकका परिवारलाई नगद १० हजार रुपैंयाका दरले र ७ जना घाइतेलाई पनि १० हजार रुपैंयाका दरले १ लाख रुपैंया वितरण गरेको संसदीय दलका सचिव निमा लामाले बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहनबहादुर बस्नेत, सिन्धुपाल्चोकका सांसद लामासहितले राहत वितरण गरेका थिए ।कार्यक्रममा बोल्दै संसदीय दलका नेता बानियाँले बाढीपहिरो प्रभावित र घरविहिनहरुलाई प्रदेश सरकारले यथाशिघ्र व्यवस्था गर्नुपर्ने भन्दै यसतर्फ सरकारलाई सचेत गराए । बाढिपहिरो प्रभावितहरु अहिले तातोपानी भन्सार तथा सुख्खा बन्दरगाहमा अस्थायी रुपमा बसोवास गरिरहेका छन् । सडक सञ्जाल विच्छेद भएपछि बानियाँसहितको टोली आफ्नै खर्चमा हेलिकप्टरमार्फत प्रभावित क्षेत्र पुगेको थियो ।

20200715_194322-1594821539.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg